भुवन तामाङ,
एक गाउँमा थुप्रै घरहरु छन् । त्यस गाउँका बासिन्दाहरु कृषि तथा पशुपालन कर्ममा निर्भर छन् । गाउँमा कोही धनी छन् त कोही गरीब छन् । कोहीसँग धेरै जमिन छन् त कोहीसँग थोरै जमिन छन् । गाउँमा धनी मध्ये एकजना निकै धनी छन् । गाउँमा उनकै हैकम चल्छ । गाउँमा के गर्ने, कसो गर्ने ? भन्ने उनकै सल्लाह या निर्देशन अन्तिम हुन्छ । उनलाई गाउँलेहरुले आप्mना गाउँका नेता मान्दछन् । उनका दुई छोरा छन् । एक छोरा शालिन, विनम्र स्वभावका छन् त अर्का छोरा खरो स्वभावका छन् । नेता भने दुबै स्वभाव मिसिएका मिश्रित स्वभावका छन् । कुनै अवस्थामा विनम्र हुन्छन् भने कुनै अवस्थामा खरो बन्छन् ।
नेता आप्mनो स्वभाव शालिन र खरो दुबै अर्थात् मिश्रित या मध्यम स्वभाव भएकोमा खुशी नै छन् । साह्रै शालिन हुँदा पनि काम नबन्ने । साह्रै खरो हुँदा पनि काम नबन्ने उनको विश्वास र अनुभव छ । मिश्रित स्वभावका कारण ले गर्दा नै गाउँका लागि केही काम गर्न सफल भएका छन् । कहाँ शालिन तथा विनम्र हुनुपर्ने हो त्यहाँ त्यस्तै रुपमा प्रस्तुत भएर गाउँका लागि स्रोत साधन जुटाउँछन् र विकास कार्य गर्छन् । जहाँ खरो हुनुपर्ने हो त्यहाँ त्यस्तै भएर फेरि पनि गाउँका लागि स्रोतसाधन ल्याउन सफल हुन्छन् ।
यस्ता स्वभावका नेताका दुई छोराहरुमा एकजना शालिन र अर्का खरो स्वभावका निस्किएका छन् । यसैले नेता चिन्तित बन्छन् । दुबै छोरामा मिश्रित स्वभाव होस् भन्ने नेता चाहन्छन् । तर, उनीहरुमा मिश्रित स्वभाव पटक्कै छैन । नेताका शालिन अर्थात् विनम्र स्वभावका छोरा, गाउँहरुले जे मागे पनि दिन्छन् ।
सानो मालिक ! मेरो घरमा खान केही छैन अन्न दिनु प¥यो भन्ना साथ विनम्र स्वभावका छोराले मनग्गे अन्न दिएर पठाउँ छन् । सानो मालिक ! मेरो घरका मान्छे साहै्र बिरामी भए अस्पताल लाने पैसा छैन लौन पैसा दिनुहोस् भन्नासाथ नेताका विनम्र स्वभावका छोरा पैसा गनेर दिई हाल्छन् । सानो मालिक ! तपाईलाई ठूलो धर्म हुन्छ मन्दिरलाई जग्गा दान दिनुहोस् न भनेपछि मन्दिरलाई जग्गा, पैसा सबै दिई हाल्छन् । यसो गर्दागर्दा शालिन अर्थात् विनम्र स्वभावका छोराले नेताको धन सम्पत्ति सबै सक्न लाग्छन् । नेता अत्तालिन्छन् । बाउ–बाजे–बराजु र आपूmले दुःख गरेर जोडेको सम्पत्ति सक्ने भयो छोराले भनेर बिलौना गर्छन् नेता । छोरामा अलिकति खरो स्वभाव पनि मिसिएको भए उसले आपैmलाई रित्याउने गरी आवश्यक नपरेकालाई पनि धन, अन्न दिदैन थ्यो होला भन्छन् नेता । छोरामा अलिकति खरो स्वभाव मिसिएको भए मानिसहरु ऊ कहाँ जतिबेला पनि कामै बिना अन्न, पैसा र जग्गा माग्न आउने थिएनन् भन्छन् नेता । लौन म त सक्किन लागेँ यो शालिन स्वभावमात्र भएको छोराका कारण भन्दै नेता पुर्पुरोमा हात राखेर रुन लाग्छन् ।
नेताका खरो स्वभाव भएका अर्का छोराले गाउँमा काम बिगा¥यो भनेर गुनासो गर्नेको लर्को लाग्ने गर्छ । नेताका खरो स्वभावका छोरालाई कसैले केही सोध्नै हुन्न, मान्छेलाई पिटपाट लगाई हाल्छ । खेतमा पालो गरेर पानी लगाऔँ भन्दा पनि हाम्रै खेतमा पहिला पानी लगाउँछु भनेर पालो मिच्छ । सानो मालिक ! दोकानको उधारो कहिले तिर्ने उधारो त धेरै पो भैसक्यो त ? पसल चलाउन गाह्रो भयो भनेर पसलेले गुनासो गरेमा पसलेलाई गोदि हाल्छ नेताको खरो स्वभावका छोराले । गाउँमा ठूला नेता आएर भाषण गर्दा भाषण गरेको मिलेन, गाउँलेलाई होच्याउने भन्दै नेतालाई नै तथानाम भन्छ नेताको खरो स्वभावका छोरा ।
सानो मालिक ! यसरी अर्काको घरको भाले, खसी सित्तै नलगिदिनुहोस् भन्दा भाले, खसी मालिकलाई धम्क्याईहाल्छ नेताका खरो स्वभावका छोरा । खरो स्वभावको छोराको मुद्दा मामिला लड्दालड्दा नेता टाट् पल्टन लाग्छन् । नेता भन्छन्– मेरो छोरामा अलिकति विनम्र स्वभाव पनि मिसिएको भए सधैँ अप्ठेरोमा पर्ने थिइन् । खरो स्वभावमात्र भएको छोराका कारण दिनैपिच्छे बिगो, हर्जाना र डाँड तिर्दातिर्दै म त सक्किन लागेँ गाउँले हो, उठिबास हुने भो मेरो भन्दै बर्बराउँछन् नेता ।
कोही शिक्षित व्यक्ति नेतालाई भन्छन्– चराचुरुङ्गीहरुलाई त बाँच्न सजिलो छैन हामी त मान्छे । यो जटिल, भागदौड र हानाथापको संसारमा जिउन हामीलाई धेरै कुरा चाहिन्छ र हामीमा धेरै कुराको मिश्रण हुनु जरुरी छ । कम्तिमा हामीमा दुई स्वभाव हुनु जरुरी छ । त्यो हो, शालिन र खरो स्वभाव अर्थात् मध्यम स्वभाव । यी दुबै स्वभाव नेताज्यूमा रहेकाले नै सबैको प्रिय हुन सकेको हो । विनम्र स्वभावमात्र भएकालाई सबैले दुहेर रित्याई दिन्छन् भने खरो स्वभावमात्र भएकालाई डाँड तिराउँछन् र शत्रु बढ्छन् । त्यसैले नेताज्यूले दुबै छोरालाई विद्वानहरुको सत्संगमा पठाई दुबैखाले शिक्षा दिने व्यवस्था गर्नु उत्तम होला ।
नेता ती शिक्षित व्यक्तिलाई नमस्कार गर्दै भन्छन्– धन्यवाद हजुरलाई आज मेरो आँखा खोलिदिनुभएकोमा । यी सबै कुरा सुनिरहेका र हेरिरहेका नेताका दुबै छोराहरु पनि भन्छन्– धन्यवाद हजुरलाई आज हाम्रो आँखा खोलिदिनुभएकोमा । हाम्रा लागि हजुर नै विद्वान हो । लौ हजुरले नै हामीलाई उचित शिक्षा दिनुहोस् भन्दै पाउ पर्दछन् ।