जीवनरक्षक समूहको स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न

0
1063

अर्जुनधारा ।

मेची टेक्निकल टे«निङ एकाडेमी २४औं ब्याच अफ सीएमए समूह ‘ए’ जीवनरक्षकको गत साउन १० देखि शुरु भएको सामुदायिक क्षेत्र सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–१०स्थित पञ्चकन्या मन्दिरको सभाहलमा समूहकी सदस्य कविता बस्नेतको अध्यक्षता र अर्जुनधारा–१० वडा समितिका कार्यवाहक अध्यक्ष भोला गौतमको प्रमुख आतिथ्यमा समूहले लघु स्वास्थ्य तथा स्वास्थ्य सामुदायिक प्रस्तुतीकरण गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

समूहले उक्त कार्यक्रममार्फत् टोल सरसफाई अभियान, विद्यालय स्वास्थ्य कार्यक्रम, आमा समूहलाई स्वास्थ्य शिक्षा कार्यक्रमलगायत सञ्चालन गरेको समूहकी सब लिडर रीता पोखरेलले बताइन् । कार्यक्रम सञ्चालनको क्रममा पानी शुद्धीकरण गर्ने विधि, कुपोषण, पानीबाट सर्ने रोग, सर्वोत्तम पिठोलगायतको विषयमा स्थानीयमा सचेतना कम भएको हुँदा त्यस बारे उनीहरुलाई जानकारी गराइएको सब लिडर पोखरेलले बताइन् ।

अन्तिम प्रस्तुतीकरण अन्र्तगत समूहले डेंगु रोगको विषयमा आधारित नाटक ‘अन्धविश्वास’ मञ्चन गरेका थिए । नगरकी प्रवक्ता सकुन्तला बराल, एकाडेमी सीएमए कोअर्डीनेटर किरण निरौला, मन्दिर सेवा समितिका अध्यक्ष केदार ढुंगेल, टोल सुधार समितिकी अध्यक्ष लक्ष्मी घिमिरे, स्वमंसेविका गोमा न्यौपानेलगायतको आतिथ्यता रहेको कार्यक्रममा २०० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

ग्रुप लिडर रेखाकुमारी देवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सब लिडर पोखरेलले गरेकी थिइन् । ग्रुपका अन्य सदस्यहरुमा अञ्जना श्रेष्ठ, अञ्जु मावो, कविता भट्टराई, टीकादेवी राजवंशी, निर्मला महतो, सरीता ओली, सलिना तामाङ र हेमन्ता गुरुङ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here