रविको रिहाईको माग गर्दै हजारौं झापाली सडकमा

0
696

झापा ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा वृहत प्रर्दशन भएको छ ।

सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार पनि झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा स्थानीयले ¥याली निकालेका हुन् । पटक–पटक म्याद थप गर्दै अनुसन्धान गर्दै आएको प्रहरीले आइतबार अदातलमा उपस्थित गराउने भएपछि रवि रिहा हुने आशामा उनका समर्थकले आन्दोलनलाई चर्काउदै लगेका छन् ।

शनिबारको ¥याली बिर्तामोड बजार परिक्रममा गरि मुत्तीचोकमा आएर कोणसभामा परिणत भएको थियो । सञ्चारकर्मी लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन उनीहरुले ¥याली र कोणसभामार्फत खबरदारी समेत गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या या हत्या प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए । ¥यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले साउन ३० गते पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढिरहेको ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी झापाले पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई यस्ता प्रर्दशनमा सहभागी नहुन विज्ञप्तीमार्फत ह्वीप नै जारी गरेपनि झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा दैनिकजसो प्रदर्शन, ¥याली र कोणसभा भइरहेको छ ।

रविको रिहाईको माग गर्दै दिनहुँ हुने प्रर्दशनमा जनसहभागिता बढ्दै गएको छ । बालकालिकादेखि वृद्धवृद्धाहरु समेत सडकमा उत्रिएका छन् । शान्तिपुर्ण रुपमा भइरहेका प्रर्दशनले निरन्तारता पाइरहेको जनाइएको छ । अनुसन्धानको बहानमा रविलाई लामो समय हिरासतमा राखिएको भन्दै जनआक्रोश पनि बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here