शनिबार स्वर्गीय भएका भारतीय पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्ली निकै दानी स्वभावका ब्यक्ति थिए ।
ड्राइभर र भान्छेका छोराछोरीलाई पनि आफ्नै छोराछोरीले पढ्ने ठाउँमा पढाउने अरुण जेट्लीको उपचारका क्रममा निधन भएको हो । आफ्ना निजी कर्मचारीहरुको जीवनस्तर उकास्न कैयौँ महत्वपूर्ण जिम्मेवारी निभाउने भारतका उदार नेताहरुमध्येका एक हुन् ।
जेट्ली परिवारको खानपिनको पुरै व्यवस्था हेर्ने जोगेन्द्रका दुई छोरीमध्ये एउटी छोरी लण्डन पढ्न सजिलै पढाइदिएका जेट्लीले आफ्ना कर्मचारीहरुलाई समेत समयमा नै औषधि दिन, खानपान लगायत सबैको ख्याल राख्दथे ।
कर्मचारीका छोराछोरीले राम्रो अंक ल्याउँदा जेट्लीले कार लगायतका उपहार दिँदै आएका थिए । आफ्ना छोराछोरी सरह उनले कर्मचारीका छोराछोरीलाई चेकबाट नै खर्च गर्ने रकम निकासा गरिदिन्थे ।































