लक्ष्मीपुरमा जुनियर बेल्टको प्रथम ग्रेडिङ सम्पन्न

0
1234

अर्जुनधारा।

झापाको अर्जुनधारा–५ लक्ष्मीपुरमा रहेको स्काई तेक्वान्दो डोजाङले जुनियर बेल्टको प्रथम ग्रेडिङ सम्पन्न गरेको छ ।

स्थानीय होली बेसील एजुकेसन फाउण्डेसन विद्यालयमा झापा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष एवम् अफिसियल प्रशिक्षक कर्ण दाहालको अध्यक्षता र विद्यालयका संस्थापक एवम् एनप्याब्सन झापाका उपाध्यक्ष हरि खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त ग्रेडिङ सम्पन्न भएको हो ।

ग्रेडिङमा डोजाङका ४५ जना खेलाडीको सहभागीता रहेको कार्यक्रम सञ्चालक एवम् बुद्धशान्ति तेक्वान्दो डोजाङका प्रमुख पर्शुराम भण्डारी “सुजन भान्जा”ले जानकारी दिए ।

अफिसियल प्रशिक्षक दाहालसँगै प्रशिक्षकहरु अनिल कोइराला, अरुण डाँगी, प्रशान्त दनुवारलगायतले खेलाडीको परीक्षा लिएको बताइएको छ । कार्यक्रममा संघका सदस्य एवम् प्रशिक्षक योगेन्द्र रिजालले कार्यक्रमको औचित्यसहित स्वागत मन्त्वय व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here