बुद्धशान्तिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

0
849

बुधबारे ।

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर गरिएको आँखादान कार्यक्रममा ३२ जनाले आँखादान गरेका थिए । साधारणसभामा सहकारीका नियमित प्रक्रियासँगै आँखा दानको महत्वका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा मेची आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले समाजमा सर्वसाधारणलाई आँखादान महादान हो भन्ने बुझाउन समस्या भइरहेको अवस्थामा सहकारीले सचेतना फैलाएकोमा सहकारीको प्रशंसा गरेका थिए ।

नेपालमा वार्षिक १० हजार आँखाको नानी आवश्यक हुने गरेको भए पनि अहिले वार्षिक करिब तीन हजारको हाराहारीमा मात्र उपलब्ध हुने गरेको रौनियारले बताए । उनले विभिन्न संघ–संस्थाहरुले यस्तो अभियानलाई अगाडि बढाउँदा मेची आँखा अस्पताल समन्वयका लागि सधैँ तयार रहेको जानकारी गराए ।

सोही कार्यक्रममा ३२ जनाले आँखादान गर्न स्वीकृती दिएका थिए । उनीहरुलाई कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष पुष्प रिजालको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का अध्यक्ष कमल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहकारीका सदस्यहरुले विश्वासिलो संस्थामा मात्र कारोबार गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाको आर्थिक वर्ष २०७५÷०७६ मा शेयर पूँजी ७४ लाख चार हजार छ सय रुपैयाँ, निक्षेप संकलन आठ करोड ३२ लाख ३५ हजार २१ रुपैयाँ, कर्जा लगानी दुई करोड ६७ लाख एक हजार आठ सय रुपैयाँ र आम्दानी १२ लाख ७८ हजार नौ सय ७९ रुपैयाँ रहेको छ ।

कार्यक्रममा संस्थाले समाजसेवी तथा ज्येष्ठ नागरिकहरुमा दिनानाथ ढकाल र पवित्रादेवी खतिवडा, उत्कृष्ट कर्मचारीमा रिता क्षेत्री र श्रृजना मैनाली,उत्कृष्ट बचतकर्ता विपिन धौराली र असल ऋणी सुधिर सत्याललाई सम्मान एवम् पुरस्कृत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here