सम्पादक गौतमले मनाए बालक्लबसंग जन्मदिन

0
520

बिर्तामोड ।

पत्रकार राजेन्द्र गौतमले आप्mनो ४३औं जन्मदिन फरक तरिकाले मनाएका छन् ।

उनले आफ्नो जन्मदिन बिर्तामोड–९ स्थित उज्यालो दुर्गा बालक्लब गरामनीका ७० जनाभन्दा बढी बालबालिकालाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेर मनाएका हुन् ।

बालबालिकालाई अध्ययनका साथै खेलकुदमा पनि प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यले जन्मदिनमा बालक्लबका बालबालिकासँग खुशी साटेर मनाएको गौतमले बताए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोहित ओली, सञ्चारकर्मी सरोज पौडेल, माइनस प्लस संग्रौला, बालक्लबकी अध्यक्ष रीता सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गौतम बिर्तामोडबाट प्रकाशित प्रतिदिन दैनिकका सम्पादक समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here