भदपुर ।

सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले नगर क्षेत्रका ६० जना एकल महिलालाई साडीसहित नगद वितरण गरेको छ ।
संस्थाले झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष स्व. ओमप्रकाश गोयलको स्मृतिमा गोयल परिवारले उपलब्ध गराएको साडी र नगद पाँच सय प्रत्येक एकल महिलालाई वितरण गरेको हो । सामुदायिक प्रहरी सेवाकेन्द्रले नगरका १० वटै वडाका एकल महिलालाई छनौट गरी साडी र नगद वितरण गरेको थियो ।
केन्द्रका अध्यक्ष शिला खड्काको अध्यक्षता तथा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु), समाजसेवी तथा दाता दिनबन्धु गोयल, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागाईँ, पूर्व सांसद पुष्पराज पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
केन्द्रका उपाध्यक्ष बन्धु कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उषा राजवंशीले गरेकी थिइन् ।































