कनकाई नगर लाई शैक्षिक हब बनाइने

0
1441

सुरुङ्गा।

कनकाई नगरपालिकाले कनकाई नगरलाई शैक्षिकगन्तव्यबनाउने कार्ययोजना अघि सारेको छ ।  नगरपालिकाको सभाहलमानगरकाप्रतिनिधिमूलक सरोकारवालावीच यस सम्बन्धीपहिलो अन्तरक्रिया सम्पन्नभएको छ ।

अन्तरक्रियाकावक्ताहरुले नगरलाई शैक्षिकगन्तव्यबनाउन र सेवाक्षेत्रभित्रकाविद्यार्थीहरुलाई नगरभित्रै गुणस्तरीय शिक्षाको प्रत्याभूतिगर्न अभिभावक, शिक्षक, शिक्षासेवी, बुद्धिजीवी, जनप्रतिनिधि सबै सरोकारवालाले योजनाबद्ध रुपमाक्रियाशीलहुन जरुरी रहेकोमाजोड दिए । अभिभावकको सबैभन्दाआकर्षण रहेको अंग्रेजी माध्यमबाट पठनपाठन गर्न र प्राविधिकशिक्षाको व्यवस्थागर्न सके नगरभित्रकाविद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यताबाट मुक्तिमिल्ने सबैको समानधारणा थियो ।

सो अन्तरक्रियाकार्यक्रममा फरक क्षेत्रकाअब्बलनमुनाविद्यालयहरुको विकास गर्न, स्थानीयविषयको रुपमावनतथा तरकारी खेतीसँग सम्बन्धित पाठ्यक्रमको विकास गरी लागु गर्न, विद्यालयभित्र र समुदायमाव्यवस्थित पुस्तकालयतथावाचनालयको स्थापना गरी पठन संस्कृतिको विकास गर्न, सामुदायिक र संस्थागतविद्यालयको उद्देश्य साझा रहेकाले दुवै प्रकारकाविद्यालयको सुमधुर सम्बन्धकायमगर्न, कक्षाकोठाभित्र सूचनाप्रविधिको पहुँचविस्तार गर्न, विद्यार्थीलाई समयसापेक्ष व्यावहारिक शिक्षाप्रदानगर्न सुझाव प्रस्तुतगरिएकाथिए ।

त्यसै गरी, अन्तरक्रियाका सहभागीहरुले सबै जातजातिको धर्म, संस्कृति र संस्कारको संरक्षण र विकास गर्न एक आपसी रुपमाजातिवीच सौहार्द र सहिष्णु सम्बन्धअभिवृद्धि गर्न शिक्षाको उद्देश्यअनुरुपशिक्षादिनुपर्नेमा सबैको एक मतथियो ।

कार्यक्रममाकनकाई नगरपालिकाकाप्रमुख राजेन्द्रकुमार पोखरेलले स्थानीयतहको निर्वाचनमा घोषणापत्रमा कनकाई नगरलाई शैक्षिकगन्तव्यबनाउने प्रतिबद्धता अनुरुपकामगर्न नगरपालिकातयार रहेको र यसकालागिनगरभित्रकाशिक्षा क्षेत्रमाकामगरिरहेका सबै विद्वान–बुद्धिजीवीले आफ्नो योगदानदिनअपिल गरे । मेयर पोखरेलले कसैप्रतिआग्रह नराखी समग्र नगरभित्र रहेकाविद्यालयहरुलाई सुधार गर्न र कनकाई नगर बन्दनिषेधितशान्तिक्षेत्र भएकाले मुलुककै शैक्षिकगन्तव्यको रुपमाविकास गर्न सकिने प्रचुर सम्भावना रहेकोमाजोड दिएका थिए ।

सो कार्यक्रमनगरलाई शैक्षिकगन्तव्यबनाउन सुझाव पेश गर्ने उद्देश्यले गठन गरिएको समितिको आयोजनामाभएको थियो । नगरले सो प्रयोजनकालागिअग्रजशिक्षासेवी सहप्राध्यापककोमलप्रसादपोखरेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यहरुमानवयुगशिक्षानिकेतनदुर्गापुरकाप्राचार्य अखिलकुमार कोइराला, कनकाई नगरपालिकाशिक्षातथा सामाजिक समितिका संयोजकनबलकिशोर दत्त, शिक्षा, युवातथा खेलकुदशाखाकाअधिकृत हरिप्रसादमिश्र र चम्पापुर माविका सहायकप्रअरुद्रबहादुर थापा रहेका छन् । शैक्षिक केन्द्रको रुपमानगरलाई विकास गर्न समितिले आर्थिक, भौतिक, शैक्षिक र व्यवस्थापकीय क्षेत्रमागर्नुपर्ने र गर्न सकिने विषयमा सुझावमाग गरे अनुरुपअन्तरक्रियाकार्यक्रमको आयोजनागरिएको दुर्गापुर स्रोत केन्द्रकापूर्व स्रोतव्यक्ति मेदनीप्रसाद पाठकले जानकारी दिए ।

समितिकाअध्यक्षकोमलप्रसादपोखरेलको सभापतित्वमाभएको कार्यक्रममाअग्रजशिक्षाकर्मी चन्द्रप्रसाद मैनाली, कनकाई माविकाविद्यालयव्यवस्थापन समितिकाअध्यक्षजनार्दन उप्रेती, पूर्व प्रधानाध्यापकनिर्मलकुमार खतिवडा, प्रअ कर्णबहादुर डाँगी, भृकुटी माविदुर्गापुरकाप्रअअञ्जना सिटौला, हिमालीमाविलक्ष्मीपुरकाप्रअ केशवप्रसादओझा, नेपालशिक्षकमहासंघ कनकाई नगर अध्यक्षशारदा पाठक, सचिवनिर्मलकुमार खनाल, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका विव्यस अध्यक्षधनराज राजवंशी, अभिभावककवि प्रसाई, शिक्षकहरु गोपीकृष्ण भट्टराई,तीर्थराज खरेल, पूर्णबहादुर कटुवाल, योन्देन सुनुवार, मुक्तिनाथदाहाल, भीमप्रसाद दहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत हरिप्रसाद मिश्रले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here