प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

0
956

झापा,

प्रहरीलाई घुस दिन खोज्ने एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–११ का ५१ वर्षीय कबिरबहादुर तामाङ रहेका छन्।

पश्चिमबाट गाईगोरु लोड गरी ल्याएको को १ ज २४४५ नम्बरको पिकअप भ्यानलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१३ स्थित चारआली चोकमा चेकजाँचको क्रममा प्रहरीले रोकेका थिए।

चेकजाँचका क्रममा चालक तामाङले ५०० रुपैयाँ घुस दिन खोज्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।

तामाङले चलाएको पिकअप भ्यानमा आठवटा गाईगोरु रहेको प्रहरीले जनाएको छ। घुस दिने चालक तामाङलाई भ्यानसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय चारआलीमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here