त्रिपुरेश्वर शिवालयको नेतृत्व चयन

0
491

अर्जुनधारा।

झापाको अर्जुनधारा–३मा रहेको त्रिपुरेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिको २८औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष भोला बरालको अध्यक्षता र वडाध्यक्ष जीवकुमार भण्डारी “जीवन”को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धरणी खतिवडाले व्यक्त गरेका थिए ।

अध्यक्ष बरालले संस्थाको प्रगति प्रतिवेदन र लेखा समिति सदस्य लोकनाथ खतिवडाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर घिमिरेले गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी १० लाख ९० हजार छ सय ५१ रुपैयाँ, जम्मा खर्च एक लाख १४ हजार ४८ रुपैयाँ ७५ पैसा र जम्मा बचत नौ लाख ७६ हजार छ सय २ रुपैयाँ २५ पैसा उल्लेख गरिएको छ ।

कार्यक्रममा सामुदायिक वन नगर महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, सल्लाहकार सदस्यहरु दीनानाथ खतिवडा, हरिप्रसाद तिम्सिना र हेमबहादुर कार्की, लेखा समिति संयोजक टंकप्रसाद निरौला, दाता बमबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

सोही सभाको बन्दसत्रले आगामी तीन वर्षे कार्यकालको लागि पुनः बरालको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत चयन गरेको बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा धरणी खतिवडा, सचिवमा टेकनाथ निरौला, सहसचिवमा उमेश आचार्य, कोषाध्यक्षमा पार्वता ओझा र सदस्यहरुमा तोयानाथ भण्डारी, धनपती सुवेदी, प्रेमबहादुर घताने र मोहन श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै पुनः निरौलाको संयोजकत्वमा खेमराज दाहाल र डिल्लीराम खतिवडा सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here