सहारा बिहिन धामोको सहारा बन्यो सहारा

0
781

सुरेन्द्र भण्डारी

बिर्तामोड, बिर्तामोड नगरपालिलका– २ निवासी सहारा विहिन बन्नु भएकी ५५ वर्षीया दृष्टिबिहिन धामो राजवंशीले घर पाउनु भएको छ ।
सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । बिर्तामोड नगरपालिकाले ५० हजार र बिर्तामोड नगरपालिका वडा नम्मवर २ ले एक लाख रुपैयाँ प्रदान गरेपछि स्थाानीयको समेत जनश्रमदानमा राजवंशीको घर निर्माण भएको हो ।

आफैंमा दृष्टिविहिन त्यसमाथि कसैको पनि सहारा नभएपछि निता घतानीले धामोको घर निर्माणका लागि सबैसंग सहयोगको अपिल गर्नुभएकको थियो । यो संगै सहारा नेपालले राजवंशीको घर निर्माणका लागि पहल गरेको थियो ।
आफ्नो भन्नु कोही नहुनु र भएका आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा केही नहुँने भन्दै सहारा नेपालले प्राविधिक सहयोग गर्ने भएपछि बिर्तामोड नगरपालिका र वडा कार्यालयले राजवंशीको घर निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । नगरको आर्थिक सहयोगसंगै राजवंशीको घर निर्माण भएको हो । नगरले घर निर्माणका लागि आर्थिक सहयोग गरेपनि रङ रोगनका लागि रकम अभाव भएपछि रोट्रयाक क्लव अफ बिर्तामोडले आज उहाँको घरमा रंग रोगन गरेको बिर्तामोड नगरपालिका – २ का वडा अध्यक्ष नगेन्द्र संग्रौलाले जानकारी दिनुभयो ।

को हुन् धामो

दुई दशक अघि श्रीमान खगेन्द्र राजवंशीले साथ छाडेपछि डेढ वर्षीया छोरी सुमित्राको तालु सुम्सुम्याएर चित्त वुझाउँदै आउनु भएकी सहारा विहिन महिला हुन् धामो । सहारा दिने बेलामा छोरीलाई पनि पाँच वर्षअघि गुमाउनु भएकी धामोको अहिले आफ्नो भन्ने कोही छैन । जन्मिएको दुई दिनमै ठूलो छोरा खस्नु, इलाका स्वास्थ्य चौकी राजगढमा जन्मिएको कान्छो छोरालाई पनि घर ल्याउन नपाई स्वस्थ्य संस्थामै गुमाउनु भएकी धामोका लागि एकै पटक ठूलो वज्रपात प¥यो जीवनमा ।
तीन सन्तानकी आमा बन्नु भएकी धामो श्रीमान र छोरीको साथमा रहेपनि श्रीमान गुमाएपछि छोरीको सहारामा बस्नु भएको थियो । तर, छोरीको पनि निधन भएपछि उहाँ एक्लै सहारा विहिन अवस्थामा झुप्रो घरमा बस्दै आउनुभएको थियो ।

पहिलाको घर


अहिलेको घर

 

राम्ररी मुख देख्न नपाउँदै दुबै छोरा गुमाउनु, छोरी डेढ वर्षकी हुँदा श्रीमान् गुमाउनु र श्रीमानसंगै धामोले आँखाको ज्योति पनि गुमाउनु यस्तो विपत्ति उहाँले कसरी सहनुभयो जान्ने सुन्ने सबै चकित छन् अहिले । यस्तो अबस्थामा रहनु भएकी उहाँको घर निर्माण गरेसंगै उहाँमात्र होइन उहाँका छिमेकी पनि खुशी छन् अहिले ।
‘छोरी दुई जीउकी थिइन, सुत्केरी व्यथा लागेर खसिन्’ छिमेकी लक्ष्मी ढकालले भन्नुभयो – छोरीको मृत्युपछि धामो सहारा विहिन बन्नुभएको हो । हामी छिमेकीले रेखदेख गरेपनि उहाँको यो संसारमा आफन्त भन्ने कोही छैनन्, झुप्रो घरमा बस्तै आउनु भएको उहाँलाई सहारा नेपालको अगुवाइमा घर निर्माण गरिएको छ,हामीलाई अहिले एकदम खुशी लागेको छ ।’
भारतीय नागरिकसंग धामोकी छोरी सुमित्राले प्रेम विवाह गरेकी थिइन् । ज्वाई पनि यही बस्थे धामोले भन्नुभयो –‘मोरो छट्टु परेछ, कलकलाउँदी छोरीलाई कान्छी बनाएकाले यही बसेको रहेछ । छोरी दुई जीउकी हुनासाथ विदेश जाने भन्दै भाग्यो ।’
पाँच वर्षअघि सुमित्राले समयमै उपचार नपाएर सुत्केरी व्यथाले ज्यान गुमाएसंगै धामो सहारा विहिन बन्नुभएको हो । सुत्केरी व्यथा लाग्नसाथ सुमित्रालाई दमकस्थित एक अस्पतालमा पु¥याएपनि आर्थिक अभावका कारण उनले ज्यान गुमाएको बताइएको छ । ‘छर छिमेकीले चन्दा संकलन गरेर सुमित्रालाई अस्पताल पु¥याएपनि समयमा उपचार नपाउदउँदा छोरीलाई बचाउन सकिएन’ धामोले गहभरि आँखु पार्दै भन्नुभयो – ‘भगवानले पनि मलाई किन यसरी तड्पाएका होलान् ।’

दुःखै दुःखमा हर्षका आँसु

तीन धुर जमिनमा सानो झुप्रो । न खाने अन्न छ , न त ओढ्ने ओच्छ्उने लत्ता कपडा नै । शरीरमा लगाएको एक सरो लुगा धामोको सारा सृष्टि नै त्यत्ति हो । फुसको झुप्रो, छानो छाएको प्लाईका खपडा पोच्चिएर आकास देखिन थालेपछि छिमेकीले नै त्रिपाल टाँगी दिएका थिए उहाँका घरमा । टाटीले बारेको धामोको घर एक सरो हावाले नै भत्किने जोखिम थियो – सहारा नेपालकी सामुदायिक आवास कार्यक्रम संयोजक लीला सिवाकोटी भन्नुभयो – ‘उहाँको यस्तो अबस्था देखेपछि धामोको घर निर्माणका लागि पहल थालिएको थियो । अहिले उहाँको घर निर्माण सम्पन्न भएको छ , आज रंग रोगन सकियो भने उहाँलाई घर हस्तान्तरण गरिन्छ । ’
घर निर्माण सम्पन्नसंगै हस्तान्तरणको तयारी गरिरहँदा धामोले हर्षका आँशु झार्दै घर बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो – ‘लाटाको खुट्टा बाटामा पर्छ भन्थे हो रहेछ । आज मेरो घर कस्तो बनियो देख्न नपाएपनि धेरै खुशी छु ।’
साविक चकचकी गाविस – ५ सुवास गाउँ निवासी धर्मलाल र मेमवती राजवंशीकी जेठी छोरी हुनुहुन्थ्यो धामो । साविक राजगढ – ८ कोनावारी निवासी खगेन्द्र राजवंशीसंग २० वर्षको उमेरमा आफ्नो मागी विवाह भएको धामोले बताउनुभयो । राजगढमै दुई सन्तान गुमाएपछि त्यो ठाउँ छाडेको उहाँको भनाई छ । केही समय माइत बसे आमा वुवा गुमाएपछि बिर्तामोड आएर बसेका हौं उहाँले भन्नुभयो – ‘यहाँ आएपनि छोरीलाई गुमाउनु प¥यो ।’
छोरीको बिर्तामोड नगरपालिका–२ बालुवाटारकी दिलकुमारी राईले उहाँको पूर्ण रुपमा रेखदेख गर्नुभयो । उहाँको रेखदेख गरेकै कारण राई पनि समाजमा उदाहरणीय बन्नुभयो । राईले सहाराबिहीन राजवंशीलाई खान र बस्नको मात्र व्यवस्था गर्नुभएन धामोको सामाजिक सुरक्षा भत्ता समेत सुरक्षित गरिदिनुभयो । आफैं धामोको संरक्षक बसेर सामाजिक सुरक्षा भत्ता निकाली दिने राईलाई धामोले अहिले छोरी मान्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here