गाई मृत्युको छानविन गर्न उपमहानगरले समिति गठन गर्दै माग्यो माफी

0
458

बाँके ।

नेपालगन्जस्थित काञ्जी हाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा भिरबाट खसालेर मारेको विषयमा छानविन गर्न नेपालगन्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक मेयर उमा थापा मगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले स्थलगत अध्ययन गरि सत्यतथ्य छानविन गर्न समिति गठन गरेको हो। उपमहानगरले उच्च अदालत वार एशोसिएसन, नेपालगन्जका अध्यक्ष विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको जनाएको छ।

समितिमा अधिकारकर्मी समेत रहेका अधिवक्ता बिश्वजित तिवारी, अधिबक्ता वसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधी सदस्य र उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहेका छन्।

घटनाको निष्पक्ष छानविन गरि १५ दिनभित्र प्रतिवेदन बुझाउने समितिलाई समय दिइएको छ। समितिले दिएको प्रतिवेदनको आधारमा दोषीलाई हदैसम्मको कारवाही गरिने कार्यबहाक मेयर थापा मगरले बताइन्।

सर्वदलीय, सर्वपक्षीय बैठक समेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा पवित्र उद्धेश्यका साथ छाडा पशु चौपाया दैलेख पठाउन लगिएकोमा सुर्खेतस्थित कटकुवाको जंगलमा छोडिनुलाई गम्भिरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचना समेत गरेको छ।–थाहाखबरबाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here