सुरुङ्गा,आर्थिक प्रलोभनमा परी १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपाने सहित भद्रपुर निवासी टेकवहादुर गुरुङ,लोकराज वराल ,प्रेमराज तिमल्सिना र भीमवहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल बिर्तामोड नगरपालिका – ८ का वडा सचिव हुन् । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँले घटनामा सम्लग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताउनुभयो ।





























