झापाका सहकारी र सन्दर्भ ब्याजदर

1
667

दिपेन्द्र राउत,

दिपेन सर नमस्कार ! के छ झापातिरको सहकारीको । सन्दर्भ ब्याजदर तोकिएपछि झापाका सहकारीको प्रतिक्रिया कस्तो छ ?

यो प्रश्न थियो सहकारी क्षेत्रमा केही योगदान गर्न सकिन्छ कि भनेर संघर्षरत् विद्यार्थी पत्रकार काजी श्रेष्ठको । जवाफमा थिएँ म दिपेन । झापामा बसेर सहकारी क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर लागेको एक सहकारीकर्मी । झापामा बसेर विभिन्न क्षेत्रमा काम गरिरहँदा पत्रकार साथीहरुको साथ सहयोग र मलाई बारम्बार दिपेन जी केही लेख्नु न ? तपाईं राम्रो लेख्नुहुन्छ । लेख यर्थाथ परक हुन्छ । भनेर हौसाउने मेरा पत्रकार साथीहरुले गर्दा केही लेख्ने उर्जा मिल्ने गर्दछ ।

एक कार्यक्रमका बीच भेट भयो पत्रकार तुलसी निरौला । मैले भाइ नै भने उहाँलाई । दाइ तपाईको आर्टिकल ‘बैंकभन्दा अब्बल सहकारी’ पत्रिकामा प्रकाशन भयो । धेरैले राम्रो छ भन्नुभयो । मैले दुबै जनालाई सम्बोधन हुने गरी झापाको सहकारी र मैले आठ वर्षमा सहकारीमा अध्यक्ष भएर सञ्चालन गरी रहँदाको अनुभव लेख्ने प्रयास गरेको छु ।

जीवनमा धेरैकुरा पढेरभन्दा परेर जानिन्छ भन्ने दरिलो अभ्यास सहकारी भई सकेको छ । नेपालको सहकारी अभियान ६३ वर्ष पुगी सकेको छ । सहकारी क्षेत्रको विकासलाई हेरेर राज्यले तीन खम्बे अर्थ नीतिमा सहकारी एक खम्बा मानेको छ । यो विषयमा माईक फुट्ने गरि भाषणमा धेरै सुनिन्छ । सहकारी अभियानकर्ताहरु सहकारी क्षेत्रलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने भनेर लागीरहनु भएको छ । स्थानीय क्षेत्रमा रोजगारीको सृजना, बचत गर्ने बानीको विकास, आर्थिक वृद्घिमा योगदान, सामुहिक लगानीमा सहकारीको भूमिका, आर्थिक साक्षरताको विकास, नेतृत्व र व्यक्तित्वको विकास, महिला सशक्तिकरणमा भूमिका, कृषि व्यवसायमा प्रेरणा, न्यून लगानी भएकालाई थप पूँजीको विकास, सीप हुनेलाई पुँजी, पूँजी नहुनेलाई क्षमतासँग जोड्ने काम आज सहकारीले गरेको छ ।

घरजग्गा नहुनेहरुलाई घरजग्गा हुने सहकारीले बनाएको छ । गरिबी न्यूनीकरणमा सहकारीको भूमिका मुख्य रहेको छ । साना व्यवसायीलाई ठूला व्यवसायी आज सहकारीले बनाएको छ । ५० हजार रुपैयाँ बिना धितो ऋण लिने व्यवसायीहरु आज धितोमा लाखौं धितोमा लिन तयार हुने भएका छन् । सदस्यको मेहनत र संस्थाको थप लगानीले गर्दा सदस्यको विकास भएको छ । आखिर यो सहकारीको उपलब्धि मान्नु पर्छ । सदस्यहरुको वृद्वि विकास संस्थाको मुख्य उद्देश्य पनि हो । एउटा भनाई छ ‘पैसाले पैसा कमाउँछ’ वास्तवमा नै हो यथार्थ हो । आज नेपालका व्यवसायीलाई हेर्ने हो भने ठूला व्यवसायी झन् ठूला हुँदै गइरहेका छन् । साना व्यवसायीलाई ठूला व्यवसायीहरुले दिन प्रतिदिन अफ्ट्यारो बनाइरहेको छ ।

भविष्यमा नेपालको व्यवसाय केही ठूला घरानामा मात्र सिमित नरहला भन्न सकिन्न । बैंक आफ्नै व्यवसाय आफ्नै भइरहँदा ठूला व्यवसायीहरुलाई ऋण लगानी कति सहज भएको छ भन्ने समाचार हामीले पढ्ने गरेका छौं । यो अवस्थामा भइरहँदा सहकारीले सदस्यको वृद्वि विकासमा ठूलो योगदान गरेको छ । मेरो बुझाईमा । सहकारी संस्था समुदायमा सञ्चालित हुँदा समुदायलाई परेको समस्यामा निराकरण गर्दै नेपालीको संस्कार र संस्कृतिलाई जगेर्ना गर्न पनि सहकारी अब्बल भएको छ ।

रह्यो काजीको प्रश्न । सन्दर्भ ब्याजदर । मलाई लाग्छ खासै फरक पर्दैन । किनकि सम्बन्धित नियामक निकायले सहकारीको दिर्घकालीन विकासमा यस्ता मापदण्ड बनाउनु नै पर्छ । यदी सदस्यकै पैसा बचत लिएर सदस्य कै हितमा लगानी गरिन्छ भने पक्का पनि अफ्ट्यारो पर्दैन । तर, अन्य बंैक वित्तीय संस्थाबाट ऋण लिएर सदस्यमा नै लगानी गरिन्छ भने संस्थाले कम नाफा कमाउन सक्ने हुन सक्छ ।

अन्यथा झापामा सहज नै लाग्छ । धेरै समस्या छ जस्तो मलाई लाग्दैन । संस्थाले सदस्यको हितमा काम गर्ने हो । नाफाभन्दा पनि सदस्यलाई सुविधा दिनुपर्छ । नाफा दिएर त कसैलाई पनि क्षणिक खुशी दिन सकिएला तर मनको सन्तुष्टि दिन सेवा नै चाहिन्छ । जय सहकारी ।

(राउत झापाको शिखर साकोसका अध्यक्ष हुन् )

1 COMMENT

  1. राम्राे लेख । तर सन्दर्भ ब्याजका बारेमा अलि नबुझेकाे जस्ताे प्रतीत भयाे । सबै ठिक हाे भन्ने यहाँकाे बुझाई हाे भने अभियानकाे नेतृत्वलाई किन बुझाउने प्रयास नगर्नु भएकाे ? उहाँहरू सन्दर्भ ब्याजकाे विषयमा उति सन्तुष्ट रहेकाे पाइन्न नि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here