सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि

0
1064

सुनसरी,

सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ११ हजार ८५५.१ मेट्रिक टन मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले जनाएको छ ।

सुनसरीमा आव २०७४÷७५ मा ११ हजार ६६६.४९ मेट्रिक टन मासु उत्पादन भएको थियो । जिल्लामा कृषकको आकर्षण माछा र पशुपक्षीपालनतर्फ बढेसँगै माछा र मासुको उत्पादनमा समेत वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी केशव श्रेष्ठले बताउनुभयो ।

सु्नसरीमा आव २०७४÷७५ मा खसी, बोकाको दुई हजार ३७० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा दुई हजार ३७८.४ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । त्यसैगरी आव २०७४÷७५ मा राँगाको छ हजार २७९ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा छ हजार २८५ मेट्रिक टन रागाको मासु उत्पादन भएको कार्यालयले जनाएको छ ।

आव २०७४÷७५ मा बङ्गुरको ९९० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा एक हजार मेट्रिक टन मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । त्यसैगरी आव २०७४÷७५ मा कुखुराको एक हजार ४४ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७५÷७६ मा एक हजार १९७ मेट्रिक टन कुखुराकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी आव २०७४÷७५ मा भेडाको १.५१५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा १.५१५ मेट्रिक टन भेडाकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । आव २०७४÷७५ मा हासको ०.७८ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा तीन मेट्रिक टन हासकोे मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आव २०७४÷७५ मा परेवाको ०.१९५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा ०.१९५ मेट्रिक टन परेवाकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । सुनसरीमा एक वर्षको अवधिमा ९९० मेट्रिक टन माछा उत्पादन भएको छ ।

जिल्लामा आव २०७४÷७५ माछा ९८१ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०७५÷७६ मा ९९० मेट्रिक टन माछा उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here