सञ्चालक समितिद्वारा रेडियोमा तालाबन्दी

२१ भाद्र २०७६, शनिबार मा प्रकाशित

मार्तडी,

बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ ।

सहकारीमार्फत सञ्चालन हँुदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् ।

शुक्रबार साँझ ४ः०० बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सहसचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताउनुभयो । उहाँले समितिका अध्यक्ष र सहसचिवले ‘तिमीहरु काम गर्न सक्दैनाँै, अनिश्चितकालसम्मका लागि तालाबन्दी गर्छाैं’ भन्दै रेडियोमा ताला लगाएको बताउनुभयो ।

सहकारीका करीब पाँच सय जना शेयर सदस्यको रकमले सञ्चालनमा ल्याइएको उक्त रेडियो एकाएक बन्द भएको छ । सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रुपमा रेडियो एकाएक बन्द गर्दा जनतामा नकारात्मक प्रभाव परेको कर्मचारीले बताएका छन् । सहकारी तथा रेडियो सञ्चालक समितिका यादवले भने कर्मचारीले रेडियो नियमति रुपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताउनुभयो ।

कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । रेडियोमा नियमित रुपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानूनी भएको प्रेस युनियका सचिव प्रशान्तराज जोशीले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here