हराएकी बालिका मृत फेला

0
245

चितवन,

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् ।

कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् ।

उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो ।

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here