उद्योग वाणिज्य संघ दमकको अध्यक्षका गोकुल श्रेष्ठ बिजयी

0
796
दमक,

उद्योग बाणिज्य संघ दमकको अध्यक्षमा लोकतान्त्रीक समुहका गोकुल श्रेष्ठ बिजयी बन्नु भएको छ । प्रगतिशिल समुहका बिमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ बिजयी बन्नु भएको हो । निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४११ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी खतिवडाले ९१६ मत मात्रै प्राप्त गर्नु भयो ।

बरिष्ठ उपाध्यक्षमा भने प्रगतिशिलका देविप्रसाद गुरागाईं(गोपाल) बिजयी बन्नु भएको छ । उहाँले १२७६ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रीकका सहदेव आचार्य(सुरज)ले १०१४ मत प्राप्त गर्नु भयो । प्रथम उपाध्यक्षमा लोकतान्त्रीकका राजु खड्का १२०९ मत प्राप्त गरी बिजयी बन्नु भयो भने प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गर्नु भयो ।

द्वितिय उपाध्यक्षमा लोकतान्त्रीककै राजकुमार योङया १०५२ मत प्राप्त गर्दै बिजयी बन्नु भयो । प्रगतिशिलका घनश्याम खनालले ९०६ मत र स्वतन्त्र उम्मेद्वार टिकाराम प्रसार्इंले ३५५ मत प्राप्त गर्नु भयो । त्रितिय उपाध्यक्षमा लोकतान्त्रीककै रमा लिम्बु १२०२ मत प्राप्त गर्दै बिजयी बन्नु भयो भने प्रगतिशिलका ज्ञाननाथ पौडेल(ज्ञानु)ले १०६१ मत प्राप्त गर्नु भयो ।

यसैगरी खुल्ला सदस्यमा लोकतान्त्रीकबाट तिन जना र प्रगतिशिलबाट तिन जना बिजयी भएका छन् । लोकतान्त्रीक बाट चन्द्र खत्री(१२९४), तुलसीराम तिम्सिना(११८७) र नविन कुमार अग्रवाल(१२०३) बिजयी बन्नु भएको छ । त्यसैगरी प्रगतिशिलबाट भरत कुमार चम्लागाईं(१२२२), राजकुमार थापा(११०५) र असिम राई(१०८३) बिजयी बन्नु भयो । खुल्ला सदस्यमा पदम न्यौपाने(१००१), रुद्र दाहाल(९३०), संजित रौनियार(८३६), सुवासचन्द्र गड्तौला(९०१), सुमन काप्mले(९३४) र सुरज लिम्बु(८९०) मत प्राप्त गर्नु भयो ।

बस्तुगत तर्पm लोकतान्त्रीक समुहबाट दुई जना र प्रगतिशिलबाट तिनजना बिजयी भएका छन् । लोकतान्त्रीक बाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी बन्नु भएको हो भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बन्नु भयो ।

बस्तुगत तर्पm तिलक डाँगी ७७४, प्रकाश नेपाल ८९८, भेनष श्रेष्ठ ११४८, राधाकृष्ण आचार्य ८७० रिंगकुमार आचार्य ११४४ मत प्राप्त गर्नु भयो ।

लेखा समिति सम्योजकमा प्रगतिशिलका खोम बगाले थापा बिजयी बन्नु भयो । उहाँले १२२३ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रीकका पारषमणी आचार्यले १०५९ मत प्राप्त गर्नुभयो । सदस्यमा प्रगतिशिलबाट मिन मगर(११०९) र लोकतान्त्रीक बाट कृष्णराज दाहाल(१३२४) बिजयी बन्नु भयो । लेखा सदस्यका उम्मेद्वार दिपेन्द्र तिवारीले १०१२ मत र लालबहादुर श्रेष्ठले ९७३ मत प्राप्त गर्नु भयो ।

महिला सदस्यमा लोकतान्त्रीककी सुस्मा निरौला(११३६) र प्रगतिशिलकी बिन्दु सिटौला(लक्कि)(९७९) बिजयी बन्नु भयो । महिला सदस्यमा दिलकुमारी सुब्बाले ९२३, चन्द्रमायाँ निरौला(जमुना)ले ९०७ मत स्वतन्त्र उम्मेद्वार कविता अधिकारी पौडेलले ५५० मत प्राप्त गर्नु भयो ।

कुल २६८० मतदाता मध्ये अस्ति शुक्रबार भएको मतदानमा २३६० मत खसेको थियो । संघको २१ पदको निर्वाचनको लागी ४४ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here