धरान घोषणा पत्र परित गर्दै नेपाल नगरपालिका संघको दोस्रो सम्मेलन सम्पन्न

0
635

लक्ष्मी उप्रेती / झापा,

११ बुँदे विशेष प्रस्ताव धरान घोषणा पत्र परित गर्दै नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

‘सवल सुव्यवस्थित र समृद्घ नगरपालिका’ भन्ने दीर्घकालिन सोचसहित आफ्नो रणनीतिक योजना तर्जुमा गदैं नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको हो । सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म भएको कार्यक्रमको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालको संविधान बमोजिम स्थानीय सरकारलाई नागरिकहरुको पहुँचको सरकारको रुपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने, नागरिकका विकास र समृद्घिका चाहनालाई पूरा गर्न प्रभावकारी र पारदर्शी किसिमले स्थानीय सरकार सञ्चालन गर्ने प्रतिवद्घता व्यक्त गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय, सहकार्य सहकारिताका आधारबाट अघि बढ्ने प्रतिवद्घता व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरिएको छ ।

अधिवेशनले नेपाल ऐन संशोधन गरी २०७५ फागुन २१ गते राजपत्रमा प्रकाशित गरी स्थानीय सरकार सञ्चालन ऐनमा थप व्यवस्था गरेका घरेलु उद्योग ससम्बन्धि अधिकार, संघ संस्था दर्ता, नवीकरण, खारेजी गर्ने तथा वन सम्बन्धि अधिकार स्थानीय तहलाई गर्ने व्यवस्था गरेकोमा हालसम्म यसलाई कार्यान्वयन गर्ने कार्य नभई रहेको हुँदा तत्काल संशोधित व्यवस्थालाई कार्यान्वयनका लागि नेपाल सरकार समक्ष माग गर्ने समेत प्रस्तव प्रस्तुत गरिएको थियो । यो सहित कार्यक्रममा विभिन्न ११ वटा विशेष प्रस्ताव कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल नगरपालिका संघ प्रदेश समिति प्रदेश नम्बर १ का संयोजक महेश वस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल नगरपालिका संघ नेपालको संविधान बमोजिम गठन भएका नगरपालिकाहरुलाई एकताबद्घ गरी उनीहरु बीच सम्पर्क, समन्वय र सहकार्य कायम गरी अनुभव आदान प्रदान गर्ने, नगरपालिकाहरुका साझा समसयाहरुको पहिचान गरी सो को निराकरणको निम्ति आवश्यक उपायहरु सुझाउने, अन्तर्राष्ट्रिय स्तरमा स्थानीय सरकार सञ्चालन सम्बन्धमा भएका उदाहरणीय अभ्यासहरुको अध्ययन गरी त्यस्ता अभ्यासहरु अनुशरण गर्न सहयोग आदान प्रदान गर्नेलगायतका उद्घेश्य राखेर विसं २०५२ सालमा राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम स्थापना भएको यो संस्था प्रतिनिधिमुलक रहेको संयोजक वस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संघको विधान बमोजिम नेपालको संघीय संरचना मुताविक सात वटै प्रदेशमा संघका प्रदेश समितिहरु गठन गर्नै र प्रदेश कार्यालयहरु समेत स्थापना गरी नगर सरकारहरुलाई सवल, सक्षम, समुन्नत बनाउने र स्थानीय सरकारको अवधारणालाई संस्थागत गर्ने दिशामा संघको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्घेश्यले प्रदेश १ मा संघको प्रदेश समिति गठन भएको, प्रदेश समितिमा संयोजक १, उपसंयोजक १ र सदस्य ११ गरी कुल १३ जना रहेको र संघको संशोधित विधान बमोजिम प्रदेश समितिमा १९ जना रहने व्यवस्था गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरु सहितको उत्कृष्ट शासकीय स्वरुपको अभ्यास प्रारमभ भएको, ७ वटा प्रदेश सरकारहरु एवम् ७ सय ५३ वटा स्थानीय सरकार क्रियाशील रहेको र जसमध्ये ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपािलका र २ सय ७६ वटा नगरपालिकाहरु कायम रहेको बताइएको छ । हाल २ सय ९३ वटा नगर सरकारहरु क्रियाशील रहेका छन् ।

नेपाल सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपाली भन्ने मुल नारासहित सिङो मुलुक आर्थिक विकास र समृद्घिको यात्रामा अघि बढिरहेको समेत प्रतिवेदनमा उल्लेख छ । प्रदेश सरकार सक्षम नेपाल नगरपालिका संघ प्रदेश १ सचिवालयको संस्थागत विकास एवम् नगरपालिका सशक्तिकरण परियोजना सञ्चालन सम्बन्धि परियोजना प्रस्ताव समेत पेश गरिएको छ । धरान उपमहानगरपालिका कार्यालय भवनभित्र प्रदेश कार्यालय व्यवस्थापन गरी प्रदेश प्रवन्धकको नियुक्त गरिएको र संघको प्रदेश समितिको संस्थागत विकासको दिशामा यसलाई संघले ठूलो उपलब्धि मानेको वस्नेतको प्रतिवेदनमा उल्लेख छ ।

संयोजमा पुनः वस्नेत

संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश वस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई क्रमस समितिको संयोजक तथा उपसंयोजकमा चयन गरेको छ ।

यसैगरी अधिवेशनले बमबहादुर भट्टराई उपप्रमुख फुङलिङ नगरपालिका, चन्द्रकमाुर शेर्मा प्रमुख शिवसताक्षी नगरपालिका, पवित्रादेवि महतरा उपप्रमुख विर्तामोड नगरपालिका, खड्गबहादुर फागो प्रमुख उर्लावारी नगरपालिका, राजन मेहता प्रमुख इनरुवा नगरपालिका, सुनिता दाहाल उपप्रमुख दुहवी नगरपालिका, पार्वति सानु डाँगी उपप्रमुख म्याङलुङ नगरपालिकालाई सदस्यमा चयन गरेको छ ।

चिन्तन थिङ तामाङ प्रमुख भनकुटा नगरपालिका, रीताकुमारी चौधरी उपप्रमुख चौदण्डीगढी नगरपालिका, वीणदेवी राई उपप्रमुख रुपाकोट मजुवागढी नगरपालिका मोहन श्रेष्ठ प्रमुख सिद्घिचरण नगरपालिका, जीवनकुमार श्रेष्ठ प्रमुख भद्रपुर नगरपालिका मुरारीप्रसाद खतिवडा प्रमुख खाँदवारी नगरपालिका, मञ्जुकुमारी अधिकारी उपप्रमुख महालक्ष्मी नगरपालिका, कैलासकुमार आले मगर प्रमुख भोजपुर नगरपालिका, रोहितकुमार साह प्रमुख गौरादह नगरपालिका तथा रमेशकुमार जिमी प्रमुख धर्मदेवी नगरपालिकालाई समेत सदस्यमा चयन गरेको छ ।

यसैगरी मेचीनगर नगरपालिकाका उपप्रमुख मनिा पोखरेल उप्रेतीक संयोजक रहेको सात सदस्यीइ मसंघको महिला विभाग समेत गठन भएको छ । समितिको सहसंयोजकमा धर्मदेवी नगरपालिकाका उपप्रमुख शोभा घिमिरे चयन भएकछिन् ।

सदस्यहरुमा मञ्जु प्रसाई उपप्रमुख कन्काई नगरपालिका, पविमाया राई उपप्रमुख देउमाई नगरपालिका, ममिता राई उपप्रमुख भोजपुर नगरपालिका, देवीकुमारी चौधरी त्रियुगाा नगरपालिका तथा तीला पोखरेल लालीगुरास नगरपालिका चयन भएका छन् । अध्यक्षमण्डलबाट प्रस्ताव गरिएका यी नामलाई सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो । अधिवेशनको समापन समारोहको प्रमुख अतिथि संघका अध्यक्ष अशोककुमार व्यञ्जु थिए ।

अधिवेशनले नेपाल नगरपालिका संघ प्रदेश समिति १ का संयोजक महेश बस्नेतले प्रस्तुत गरेको ३ पृष्ठ लामो वार्षिक प्रतिवेदन, संघको आर्थिक वर्ष २०७६÷०७७ को लागि आयतर्फको ३९ लाख ४२ हजार १० रुपैयाँ तथा व्ययतर्फको ३६ लाख ६८ हजार १ सय २८ रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेट सर्वसम्मतले पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here