नादेज्दा कप महिला फुटबल : नेपाल उज्वेकिस्तानसँग पराजित

0
630

काठमाडौँ, 

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । हिजो भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ताजिकिस्तानसँग खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो ।

उज्वेकिस्तानले खेलको ३४ र ५१औँ मिनेटमा गोल गरेको थियो । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here