प्रहरीकै कारण विप्लब बिच्कियो

0
488

झापा,

प्रधानमन्त्री केपी शर्मा ओली गतवर्षको फागुनमा झापाको अर्जुनधारास्थित सुखानी पार्कमा आयोजित एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला आए ।

सदरमुकामबाट उनलाई मुत्तिचोक उत्तर हुँदै सुखानी पार्क पु¥याउने रुट तय भएको थियो । सोही बमोजिम तत्कालीन प्रहरी प्रमुख भीमप्रसाद ढकालले प्रहरीलाई निर्देशन दिएका थिए तर एकाएक प्रहरीले रुट परिर्वतन गर्दै प्रधानमन्त्री ओलीलाई सुखानी पु¥यायो । रुट परिर्वतनको एउटै कारण थियो कि विप्लव माओवादीले प्रधानमन्त्री ओली सवार सवारीमाथि आक्रमण गर्ने योजनाको आशंका ।

उक्त कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीले नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई चार जना उफ्रिदैमा केही नहुने भन्दै विप्लवलाई समाप्त पार्ने चेतावनी समेत दिए । त्यस लगत्तै राजधानी फर्किएका ओलीले फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकमार्फत विप्लव माओवादीमाथि राजनीतिक प्रतिबन्ध लगाउँदै पक्राउ गर्ने निर्णय ग¥यो । त्यसपछि राजनीतिक संकट पैदा भयो । विप्लव माओवादीले पनि सरकारमाथि प्रतिबन्ध लगाउँदै जनकारबाही गर्ने घोषणा ग¥यो ।

प्रतिबन्ध लगत्तै आक्रामक बनेको सरकारले धमाधम विप्लव नेतृत्वका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्न थाल्यो । झापा प्रहरीले मात्रै हालसम्म १७ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही पार्टी परित्याग गर्ने लिखित शर्तमा छुटेका छन् भने केही अझै प्रहरीकै नियन्त्रणमा छन् ।

पक्राउ परेका अधिकांशलाई विभिन्न विष्फोटमा संलग्न भएको भन्दै मुद्दा दायर गर्न थालेपछि विप्लव माओवादीले पनि सरकारी तथा विभिन्न गैरसरकारी संघ–संस्थालाई निशानामा राखेर आक्रमणका श्रृखललाई निरन्तरता दिएको छ । तर, विप्लव माओवादीले आक्रमण्को जिम्मा लिएको छैन भने जनकारबाही भन्दै पन्छिएको छ ।

हालसम्म देशभरबाट ७ सय ६१ जना नेता तथा कार्यकतालाई पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीसंगको भीडन्तमा विप्लवका दुई इञ्चार्ज मारिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here