सम्पन्न सहकारीको नेतृत्व चयन

0
566

बिर्तामोड।

सम्पन्न बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–१को अध्यक्षमा सन्तोष सुब्बा चयन भएका छन् ।

संस्थाको छैटौं वार्षिक साधारणसभाले सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष मञ्जु गोम्देन, सचिव बुद्धिराज दंगाल विवेक, सहसचिव अच्युतराज ओझा, कोषाध्यक्ष तारा न्यौपाने खत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा बिनोद दंगाल, चन्द्रकला न्यौपाने ढकाल, विनिता पाठक, कमल श्रेष्ठ, किरण वन र देवीप्रसाद अधिकारी रहेका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा उद्धवराज गिरी रहेका छन् भने सदस्यहरुमा गंगामाया कार्की र टीकानाथ आचार्य रहेका छन् । संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकार सन्तोष सुब्बाले स्वागत गरेका थिए ।

कार्यक्रममा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईं, सुनकोशी बचत तथा ऋण सहकारी संस्थाका हरि ओझा, उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा राई, संस्थाका सल्लाहकार उद्धवराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता दुर्गाप्रसाद प्रसाईं, पुष्कर आचार्य, मनकुमारी थापा, केशव मैनाली, ज्ञानेन्द्र प्रसाईं, असल ऋणि अभिलाष अग्रवाल, सुष्मा राजवंशी, सीता रिजाल, दुर्गा हलुवाई, नारायण उप्रेतीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, पत्रकार गोपाल काफ्ले, उत्कृष्ट सहकारीकर्मी ताराप्रसाद चापागाईं, उत्कृष्ट व्यवस्थापक कमल पराजुली, उत्कृष्ट सेवाकेन्द्र संयोजक गोकुल खत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै सुनिता राजवंशी, सरला राई, भोजराज चापागाईं, भूमिका खतिवडालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष अधिकारीले बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक नगेन्द्र विमलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बुद्धिराज दंगाल विवेकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here