सरगमले मनायो फत्तेमानको छैठौ स्मृति दिवस

0
957

बिर्तामोड ।

वरिष्ठ गायक फत्तेमान राजभण्डारीको छैठौ स्मृति दिवस बुधबार झापाको बिर्तामोडमा एक कार्यक्रम गरेर मनाइएको छ ।

गत बर्ष झै यो बर्ष पनि फत्तेमान राजभण्डारीको स्मृति दिवसको अवसरमा सरगम संगितालयले आफ्नो हलमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका सभापति तथा प्रशिक्षक दिपक रायमाझिले फत्तेमान राजभण्डारीको फोटोमा माल्यार्पण गर्दे वरिष्ठ गायक भण्डारीको छैठौ स्मृति दिवसलाई मात्र नभएर आगामि दिनहरुमा सबै स्वर स्रष्टाहरुलाई सधै सम्झना स्वरुप उनीहरुले गरेको संगितप्रतिको योदानलाई सम्मान प्रकट गर्नै पर्नेमा जोड दिए ।

सोही अवसरमा संगितालयमा गायन कला प्रतियोगिता समेत भएको थियो । गायन तर्पm सस्कृति भट्टराई, कुशल ओली, रामचन्द्र नेपाल, मेलिना मैनाली, एन्जल चिमरिया, प्रबिन बिसि र नरेन्द्र तिम्सीना लगायतले भाग लिएका थिए भने बध्यबादक तर्फ गितारमा बिवस श्रेष्ठ तबेला तर्फ दिपक रायमाझी र हारमोनियम तर्फ कुशल ओलीले लगायतले संगित भरेका थिए उक्त कार्यक्रमको सञ्चालन संञ्चारकर्मी प्रबिन बिसिले गगरेका थिए ।

गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् । सुरुमा भजन गायनबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका फत्तेमान राजभण्डारी २०१८ सालमा गीत गाउनका लागि रेडियो नेपाल प्रवेश गरेका थिए । उनका ‘मर्न बरु गाह्रो हुन्न …, ’यस्तो पनि हुँदो रहेछ . ’सान्नानीको गालैमा कालो कोठी रैछ … ’वनै खायो डडेलोले मनै खायो… ’जिन्दगीको पाना भरि सुख देखिदैन….’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् र नेपाली गितसंगीत पारखी माँझ आजपनि उत्तिकै रुचाईने गरिन्छ ।

निकै लामो समयसम्म नेपाली गीत संगीतको क्षेत्रमा काम गरेका फत्तेमानले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । उनले बङ्गलादेशमा पनि लाईफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here