हल्दिवारीद्वारा शिक्षकको अन्तरविद्यालय सरुवा

0
521

हल्दिवारी।

हल्दिवारी गाउँपालिकाले अन्तरविद्यालय शिक्षक सरुवा शुरु गरेको छ ।

गाउँपालिकाको शिक्षा नियमावली २०७५को नियम ५७मा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्न सक्ने प्रावधान रहेको जनाउँदै शिक्षकको सरुवा शुरु गरेको हो ।

हल्दिवारी गाउँपालिकाको भदौ २३ गते बसेको बैठकले गाउँ शिक्षा समितिका अध्यक्षको संयोजकत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख रहेको एक समिति गठन गर्दै शिक्षकको सरुवा शुरु गरेको शिक्षा समिति संयोजक डम्बर गिरीले जानकारी दिए । गिरीका अनुसार १३ जना शिक्षकलाई सामुदायिक विद्यालयका विभिन्न पदमा अन्तरविद्यालय सरुवा गरिएको छ ।

१ नम्बर प्रदेशमै हल्दिवारी गाउँपालिकाले पहिलोपटक शिक्षकको सरुवा गरेको बताइएको छ । सरुवा हुने शिक्षकमा मदन पोखरेल, अर्जुन भट्टराई, बोधकृष्ण पौडेल, छविलाल गणेश, सविना भट्टराई, सूर्यप्रसाद घिमिरे, भानुभक्त न्यौपाने लोकप्रसाद भण्डारी, मेनुका शर्मा, दिलकुमारी विष्ट, माया सुवेदी, चिन्तामणि भट्टराई र शिवनाथ पाण्डे रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here