‘अभिभावकको भूमिका महत्वपूर्ण’

0
691

बिर्तामोड।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले बालबालिकाकोे चौतर्फी विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।

बिर्तामोड–१स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा आयोजित तीन दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । बालबालिकाकोे चौतर्फी विकासका लागि अभिभावकले खेल्नुपर्ने भूमिकाको विषयमा जानकारी गराउने उद्देश्यले अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बिद्यालयका प्रिन्सिपल सन्तोष सुव्वाले बताए ।

नेपाल करियर ट्रेनिङ फाउण्डेशन काठमाडौँले सहजीकरण गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा २ सम्मका अभिभावकहरुलाई बालबालिकाको चौतर्फी विकासमा अभिभावकको भूमिका के कस्तो हुनुपर्छ ? , बालबालिकालाई अभिभावकले गर्नुपर्ने सकारात्मक व्यवहार, अभिभावक शिक्षाको महत्व, नयाँ शिक्षा प्रणाली , गृहकार्य गराउन अभिभावकले खेल्नुपर्ने भूमिका लगायतका बारेमा जानकारी गराइएको थियो ।

नेपाल करियर ट्रेनिङ फाउन्डेशन काठमाडौँकी प्रशिक्षक लक्ष्मी ढुङ्गानाले सहजीकरण गरेको कार्यक्रममा अभिभावकहरु रिता धिमाल, पुनम राजवंशी, दिव्या सिवा, इन्दिरा भट्टराई , रञ्जिता भट्टराई, जुनु प्रसाईं, रमिला धिमाल, कल्पना घले लगायतले जिज्ञासा राखेको बिद्यालयका शिक्षक मानबहादुर तामाङले जानकारी दिए । बिद्यालयको सिइएस बाल क्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन बिद्यार्थी जेनिसा कार्कीले गरेको शिक्षक हर्षना गिरीले जानकारी दिइन् ।

त्यसैगरी सोही बिद्यालयका कक्षा ३देखि कक्षा ५ सम्मका अभिभावकहरुको सहभागितामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल करियर ट्रेनिङ फाउण्डेशन काठमाडौँकी प्रशिक्षक चन्द्रकला घिमिरेले अभिभावकहरुलाई आधुनिक शिक्षा प्रणाली, बिद्यालयप्रति अभिभावकले निभाउनुपर्ने भूमिका, बालमनोबिज्ञानमा आधारित सिकाई लगायतका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा अभिभावकहरु रोजिना पहाडी, जीवन सुव्वा, उमेशलाल कर्ण, निमबहादुर लिम्बू लगायतले जिज्ञाशा राखेको बिद्यालयका एकेडेमिक कोअर्डिनेटर बिक्रम सुव्वाले जानकारी दिए । बिद्यालयको सिइएस वालक्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिद्यार्थी मनिसा राजवंशीले गरेकी थिइन् ।

त्यसैगरी सोही बिद्यालयका कक्षा ६देखि कक्षा १० सम्मका अभिभावकहरुको सहभागितामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको सिइएस बाल क्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यार्थी गरिमा धमलाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल करियर ट्रेनिङ फाउण्डेशन काठमाडौँका पूर्वाञ्चल संयोजक बिनोद कार्कीले अभिभावकहरुलाई बालमनोबिज्ञानमा आधारित सिकाइ, बालबालिकालाई असल, जिम्मेवार, सफल बनाउन अभिभावकले निभाउनुपर्ने भूमिका, घरायसी वातावरण र सामाजिक वातावरणले बालबालिकालाई पार्ने असर र त्यसबाट बचाउन अभिभावकले निभाउनुपर्ने भूमिका, बालबालिकाको रुची ,क्षमता पहिचान लगायतका बारेमा जानकारी गराएका थिए । उनले अभिभावकहरुलाई समय–समयमा विद्यालय गएर आफ्नो छोराछोरीको प्रगतिबारे शिक्षकहरूसँग परामर्श गर्न, उनीहरूको भावना बुझी आत्मविश्वास जगाउन, आफ्नो चाहनालाई जबर्दस्ती छोराछोरीमाथि नलाद्न, छोराछोरीको कुरा ध्यानपूर्वक सुनिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा अभिभावकहरु केशव प्रसाईं, नीरबहादुर खनाल, जयबहादुर सिंह, तेजु पाठक, राजकुमार गुरागाईं, सिर्जना खड्का लगायतले जिज्ञासा राखेका थिए । बिद्यार्थी अनुग्रह कडेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन बिद्यार्थी निर्चला धिमालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here