गृहमन्त्री बादलका भाइ पक्राउ, खुल्यो गोप्य घटना

0
615

काठमाडौं ।

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् ।

उनी ग्रहमन्त्री रामबहादुर थापा (बादल)का साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिको प्रहरीको दाबी छ । पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तिब्र बनाएको सूचना पाएपछि सीआइबीले गत साउन अन्तिमसाता उनका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।

घटना सार्वजनिक हुँदा अप्ठ्यारो पर्ने भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ । स्रोतका अनुसार गृहमन्त्रीका भाइ नरेश र पवनबीच मिलेर काम गर्नुपर्छ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here