दुई पत्रकार सम्मानित

0
470

काठमाडौँ,

नेपाल खेलकूद पत्रकार (एनएसजेएफ) मञ्चले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा बुधबार दुई खेल पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा नेपाल टेलिभिजनमा कार्यरत खेल पत्रकार राजु सिलवाल र खेलापाटी डटकमका निशान राई हुनुहुन्छ । सिलवाल एनएसजेएफ खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हँुदा खेलपाटीका राई सुमन भोम्जन स्मृति युवा खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभयो ।

खेल पत्रकारिता क्षेत्रमा रिपोटिङमार्फत पु¥याएको योगदानको कदर गर्दै मञ्चले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।

सम्मानित हुने दुवैलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवाल र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here