विषालु सर्पले डस्दा महिलाको मृत्यु

0
510

महोत्तरी,

महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५ मा बिहीबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here