मेचीनगरमा विपद् सचेतनामुलक कार्यक्रम

0
715

काँकरभिट्टा,


समुदाय स्तरमा विपद्प्रति कार्य सम्बन्धि सचेतना अभिवृद्घि गर्ने उद्घेश्यले दुईदिने सामुदायिक विपद् सचेतनामुलक कार्यक्रम शुक्रबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम शनिबार समापन हुने छ ।

नेपाली सेनाको नयाँ श्री नाथगण चारआली व्यारेकको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिकाले आफ्नै सभाकक्षमा कार्यक्रम शुरु गरेको हो । नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक विमल आचार्यले उद्घाटन गरेको कार्यक्रममा नेपाल सेनाको सहसेनानी सुरज कट्वालले विपद् व्यवस्थापनका बारेमा सहजिकरण गरेका छन् ।

उनले सहभागीहरुलाई विद्यमान राष्ट्रिय विपद् व्यवस्थापनको संरचना तथा संयन्त्रका बारेमा जानकारी गराउदैं सवैभन्दा पहिला गृहमन्त्रालयको निगरानमिा केन्द्रदेखि क्षेत्र र जिल्ला तहसम्म दैवी प्रकोप उद्घार समितिको संरचना रहेको सहभागीहरुलाई जानकारी दिएका थिए ।

उनले रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रधान सेनापति अध्यक्ष तथा रथी, उपरथी, पृतनापति, बाहिनीपति, तथा गणकोे गुल्मपति सदस्य रहने प्रावधान रहेको बताए । उनले विपद् उद्घार कार्यमा सैनिक सहयोगको कार्यक्षमता तथा घटना स्थलमा स्थपना गरिने प्वाइन्ट तथा विपद् उद्घार कार्यमा नेपाली सेनाको भूमिकाका बारेमा समेत चर्चा गरे ।

नेपालमा हुन सक्ने विपद्हरुमा भूकम्प, बाढी, पहिरो, हिमपात, खडेरी, महमारी, डढेलो, आगोलागि ,चट्याङ्ग तथा हिमपहिरोका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए । विपद्को वर्गीकरण तथा उद्देश्यका बारेमा प्रकाश पार्दै विपद्मा प्राथमिक उपचारको व्यवस्थाका बारेमा जानकारी गराए ।

कुनै पनि ईलाकामा पानीको सतह बढेर उच्च बहाव भई वा धेरै मात्रामा पानी जम्मा भई जमीन भु(भाग डुबानमा परेको अवस्थालाई बाढीको संज्ञा दिईने बताउदैं सहसेनानी कट्वालले नदी वा तालहरुमा पानीको सतह बढन गई आफ्नो भईरहेको वास्तविक किनाराहरुलाई नाघी अन्यत्र जमीन भु(भागहरु डुवाएको अवस्थामा बाढीको स्थिति सृजना हने जानाकरी दिए ।

यद्यपि ऋतु परिवर्तन, बर्षा, हिमपात तथा हिउं पग्लिने जस्ता कारणले गर्दा नदी तथा तालहरुको पानीको सतहमा परिवर्तन आईरहने गरे तापनि उक्त उतारचढावले मानिसले प्रयोग गरिरहेको भुमि जस्तै गाउं, शहरवस्ती तथा खेतीयोग्य जमीनमाथि असर नगरेसम्म उक्त बाढीलाई विपद्को रुपमा लिन नसकिने उनले जानकारी दिए ।

खाद्यन्न भडारण, शुद्द पानीको स्रोत संरक्षण , औषधी र स्वास्थ्य केन्द्रको व्यवस्था , उद्घार तथा राहत सामाग्रीहरुको बन्दोवस्ती , आपतकालिन योजना निर्मार्ण पुर्व चेतावनी प्रणलीको व्यवस्था तथा स्थान खाली गर्ने योजना वनाउनु बाढी आउनु पुर्व गरिने कार्यहरु रहेको जानकारी दिए । कार्यक्रममा रेडक्रस वन, अग्नि नियन्त्रकलगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्घ व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here