संखुवासभाको राते खोलामा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गयो

0
425

संखुवासभा,

मकालु गाउँपालिका–५ र चिचिला गाउँपालिका–३ को सिमानामा पर्ने राते खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।

पौडी खेल्ने क्रममा शनिबार खोटाङ जिल्लाको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ का ३५ वर्षीय दिलिप थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले बताउनुभयो ।

अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एस.एम. राज कम्पनीमा हेल्परको रुपमा काम गर्ने थापाको पौडी खेल्ने क्रममा ज्यान गएको राईले जानकारी दिनुभयो । शवलाई पोस्टमर्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here