अग्रजको कुरा सुन्दै कांग्रेस


२८ भाद्र २०७६, शनिबार १२:५६ मा प्रकासित
  • 77
  •  
  •  
  •  
  •  
  •  
    77
    Shares

विनोद सापकोटा / झापा ।

Advertisement

नेपाली कांग्रेसले गएको भदौ २४ गते देखी शुरु गरेको दोश्रो चरणको हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण अभियानले आफुहरुलाई पार्टीले सम्मान दर्शाएको पुराना प्रजातान्त्रीक योद्धाले बताएका छन ।

केन्द्रियतहका नेता कार्यकर्ता शहर केन्द्रित हुदाँ पार्टी धरासायी बनेको बताउने ति योद्धाले नेपाली काँग्रेस अव दोश्रो चरणको जागरण अभियान पछी शक्तिशाली भएर निस्कनेमा बिस्वास गरे । काठमाण्डौ— भद्रपुर अनि ठुला सहरका नेता कार्यकर्ता संगको भेटघाट र कार्यक्रमले गाँउमा रहेका पुराना प्रजातान्त्रीक सेनानीलाई बेवास्ता गरेकाले पार्टीको यो हविगत भएको उनीहरुले आरोप समेत लगाए ।

झापा धरमपुरका ८९ बर्षीय नरवीर स्याँङ्गवोले विपीको विचारबाट विचलीत हुँदाको परिणामले नेपाली काँग्रेसले गतिलिन नसकेको बताए । विपीको विचार र सिद्धान्तमा पार्टीका बयोवृद्ध नेता कार्यकर्ता अडिक छन, स्याँङ्गवोले भने, ‘युवा पुस्ताका कार्यकर्ता पैसाको पछाडी दगुर्दा पार्टी ले गएको तीनै तहको निर्वाचनमा हार खाएको हो ।’ वर्षभरी पार्टीको झोला बोकेर हिड्ने एक दिन त्यै झोलामा अरुपार्टीका नेताले दिएको पैसा हाल्ने थिती बढ्यो उनले भने, ‘यो कार्य नरोक्ने हो भने नेपाली काँग्रेस पार्टीको अस्तीत्व नामेट हुन सक्छ ।’

०४६ सालमा गिरीजाप्रसाद कोइरालाबाट पार्टीको सदस्यता लिएका अर्का ८६ वर्षीय भजनलाल राजवंशीले पनि सुझाव भन्दा गुनासा बढी गरे । आफ्नै कारणले पार्टी पछि परेको हो । कार्यकर्तामा उदासीनता छ, बेरोजगरी समस्या थपिएको थपियै छ, पार्टी भित्र नातावाद क्रिपाबाद अझै हटेको छैन, युवापुस्तामा नेतृत्व दिन हिच्कीचावट केन्द्रबाटै हुन्छ उनलेभने, यस्तो अवस्थामा पार्टी कसरी बच्ला र ?’

पार्टीले देशैभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिलाई खटाएको छ । दोस्रो चरणको अभियान असोज ७ गते समापन हुदैछ । पहिलो चरणको भन्दा पृथक एक मिनेट भित्र आसन ग्रहण, ठूला माला र व्याजरहित मञ्च र सिमित संख्याका बक्ता, प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम रहेको छ ।

अभियानका क्रममा नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका मानिसको धारणा, भावना, उनीहरुको ज्वलन्त प्रश्न, पिडा र अपेक्षा, वर्तमान सरकारसँगको अपेक्षा र अनुभूति सुन्ने र समिक्षा गर्ने कार्यक्रम रहेको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा क मा खटिएका केन्द्रिय प्रतिनिधी दीपेन्द्रकुमार सेन्दाङ्गले बताए । उनले अभियानका क्रममा वडा स्तरीय अन्तरक्रिया पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा भावना बुझ्न आन्तरिक कार्यक्रम विषय प्रवेश लगत्तै ‘फ्लोर ओपन’ गरी सहभागिहरूको राय संकलन गरिएको बताए ।

अभियानका दौरानमा विशेस घर दैलो कार्यक्रम पनि गरिएको उनले जानकारी दिएका छन । पार्टीका अग्रज एवं शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न, द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पिडा र आजको स्थिति बुझ्न वहाँहरुको घरमा पुगेको उनले बताए । सुझाव भन्दा गुनासा धेरै छन, सेन्दाहाङ्गले भने, ‘अग्रजको कुरा सुन्दा पार्टीको निती तथा कार्यक्रम एकातीर कार्यकता अर्कातीर भएको गुनासा धेरै रहेको पाईयो ।’

उनले कांग्रेसको नेतृत्व रहेका तहमा जनभावना अनुरूप अझ प्रभावकारी भूमिका कसरी निभाउने, निर्वाचीत साथीबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने र प्रतिपक्ष रहेका तहमा प्रतिपक्षको प्रखर भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कार्यकर्ताविच गहिरो बहस भएको पनि उनले सुनाए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्