जागरण अभियान– पाँचथरमा कांग्रेसमा प्रवेश गर्नेको लर्काे

0
659

पाँचथर,

नेपाली कांग्रेसले देश व्यापाी रुपमा शुरु गरेको जागरण अभियानका क्रममा पाँचथरमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्काे लागेको छ ।
नेपाली कांग्रेसले अहिले हिमाल, पहाड, तराई मधेश जागरण अभियान देश व्यापी रुपमा सञ्चनान गरेको छ । सोही अभियानका क्रममा नेकपा लगायत अन्य पार्टी परित्याग गर्दै शनिवार मात्रै पाँचथरको फाल्गुनन्द गाउँपालिका –४ चिलिङ्देनमा दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका देउमान थेवे अहिले पाँचथरको प्रदेश ख मा जागरण अभियानमा छन् । सोही अभियानमा थेवेले त्यस क्षेत्रमाा आफ्नो बलियो पकड देखाउँदै नेपाली कांग्रेसमा पार्टी प्रवेशको लर्काे लगाएका छन् । विशेष गरी नेकपा सहित संघीय समाजबादी , राप्रपा , लिम्बुवान लगायतका दलबाट अहिले पार्टी प्रवेश गरिरहेका छन् ।
यसैबीच फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै नेता थेवेले नेपाली कांग्रेसले सबै जात जाति , भाषा भाषि, संस्कार संस्कृतिलाई समान रुपमा हेर्ने भएको र भेदभाव रहित व्यवहार गर्ने भएकाले नव प्रवेशीलाई नेपाली कांग्रेसले विभिन्न अवसर दिने बताए । पार्टी र विभिन्न ठाउँमा नव प्रवेशीलाई समेत अन्य कार्यकर्ता सहर हेर्दै विभिन्न जिम्वेवारी प्रदान गर्ने उनको भनाई थियो ।
जागरण अभियानसंगै नेपाली कांग्रेस अझ बलियो भएर आफ्नो उपस्थिति जनाउँछ नेता थेवेले भने – अब नेपाली कांग्रेस परिस्कृत मात्रै हुँदैन सुसज्जित र व्यवस्थित ढंगले आफ्ना कार्यकर्तालाई एक ढिक्का बनाएरसंगै लिएर हिड्छ । अब काँग्रेसमा कसैलाई पनि अन्याय हुन दिँदैन । ’
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले सत्तासिन नेकपा बहुमतको दम्भले मातिएको आरोप लगाउँदै नेपाली कांग्रेसमा प्रवेश गर्ने नव प्रवेशीलाई जिम्वेवारी दिएर अघि बढ्ने धारणा राखे ।
जागरण अभियानमा नेकपाका फाल्गुनन्द गाउँँ कमिटी अध्यक्ष शेरबहादुर नेम्वाङको नेतृत्वमा सृजना जबेगु , ददिराम नेपाली ,रोजिना राई , शीला योङ्याङ , आइत लिम्बू ,नरेन्द्र नेम्वाङ लगायत दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाली पाँचथर जिल्ला उपसभापति मित्रप्रसाद काफ्ले ,जिल्ला सचिब बृजहाङ आङदेम्बे , रुपनारायण जबेगु , फाल्गुनन्द गाउँपालिकाका कार्यबाहक अध्यक्ष देबित्रा कुमारी अङ्देम्बे , महासमिति सदस्य रामकुमार आङ्देम्बे , पाचथर काठमाडौ सम्पर्क समिति अध्यक्ष निर्मल रिजाल, तरुण दल जिल्ला सभापति सुमन लामा, कांग्रेसका वडा सभापति गणेशप्रसद फुयाल लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here