मन्टेश्वरीका विद्यार्थीको कला–शिल्प प्रदर्शन

0
538

बिर्तामोड।

झापाका मन्टेश्वरी स्कूलमा अध्ययनरत् बिद्यार्थीहरुले कला–शिल्प प्रदर्शन गरेका छन् ।

मन्टेश्वरी एशोसिएशन अफ झापाको आयोजनामा बिर्तामोडमा भएको जिल्लास्तरीय बाल आर्ट एण्ड क्राफ्ट कार्यक्रममा उनीहरुले कला–शिल्प प्रदर्शन गरेका हुन् । कार्यक्रममा झापाका १६ वटा मन्टेश्वरी स्कूलमा अध्ययनरत् एक सय ६० जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

मन्टेश्वरी एशोसिएशन अफ झापाका अध्यक्ष रामकुमार तामाङको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाम्रो पाठशाला मन्टेश्वरी स्कूल सुरुङ्गाका प्रिन्सिपल तथा संस्थाका वरिष्ठ सल्लाहकार अखिल कोइरालाले स्वागत गरेका थिए ।

ह्याप्पी किड्स मन्टेश्वरी सुरुङ्गाका प्रिन्सिपल सुष्मा कटुवालले कार्यक्रमको औचित्यबारे प्रकाश पारेको कार्यक्रममा मन्टेश्वरी स्कूलमा अध्ययनरत् बिद्यार्थीहरुले माटोका सामाग्री बनाउने (क्ले वर्क ) कागजका सामग्री बनाउने (पेपर टियरिङ एण्ड पेस्टिङ र पेपर टियरिङ क्रसिङएण्ड पेस्टिङ) र चित्रकला (पेन्टिङ) मा कला शिल्प प्रदर्शन गरेका थिए ।

बालदिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एक–एक वटा मेडल र प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक रितु थापा मगरले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन स्मार्ट मन्टेश्वरी स्कूल हल्दीवारीका प्रिन्सिपल आइतराज लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here