रोङका लाप्चा संगठित

0
1011

इलाम।

गाउँपालिकाकै नाम लाप्चा भाषाबाट राखिएको इलामको रोङ गाउँपालिकामा रहेका लाप्चाहरु संगठित हुन थालेका छन् ।
लाप्चालाई लाप्चा भाषामा रोङ भनिने भएकाले गाउँपालिकाको नाम रोङ रहेको हो ।

गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा वडा स्तरीय लाप्चा उत्थान मञ्च गठन गरिएको छ । वडा नम्बर १ मा दिनेश लाप्चाको अध्यक्षतामा लाप्चा उत्थान मञ्च गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा ललितबहादुर लाप्चा सचिबमा मनिका लाप्चा, सहसचिवमा पदम लाप्चा र कोषाध्यक्षमा मनकुमारी लाप्चा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा समिर, सुमन, धनमाया र सन छिरिङ लाप्चा चयन भएका छन् ।

त्यस्तै वडा नम्बर २ मा बुद्ध लाप्चाको अध्यक्षतामा बनेको समितिको सचिवमा दिपेन लाप्चा तथा सदस्यहरुमा सुकमित, मानबहादुर, शान्ता, हरि र बन्दना लाप्चा रहेका छन् । त्यस्तै समिति बनाउने क्रममा वडा नम्बर ४ मा पनि सन्देश लाप्चाको अध्यक्षतामा लक्ष्मी लाप्चा उपाध्यक्ष बिमला लाप्चा सचिव रहेको समिति गठन भएको छ । समितिमा पदम लाप्चा सहसचिव र सम्झना लाप्चा कोषाध्यक्ष रहेका छन् । समितिका अन्य सदस्यहरुमा साबित्रा, सुवास सुकबहादुर र सुधिर लाप्चा रहेको गाउपालिका स्तरीय लाप्चा उत्थान मञ्चका सचिव बिरबहादुर लाप्चाले बताए ।

गाउँपालिका स्तरमा दावा लाप्चाको अध्यक्षतामा समिति बने पनि वडास्तरमा समिति नबनेकाले वडास्तरको समिति बनेको गाउँपालिका स्तरको समितिका सचिब बिरबहादुर लाप्चाले बताए । यसैबीच देशमा लाप्चाहरु लोपोन्मुख अवस्थामा रहे पनि रोङ गाउँपालिकाको जनसंख्याको अनुपातमा लाप्चाहरु लोपोन्मुख नभएको लाप्चा उत्थान मञ्च रोङका सचिव बिरबहादुर लाप्चाले बताए ।

पूर्वाञ्चलकर्मीसँग कुरा गर्दै विगतको जस्तो बिचरा भनेर अब लाप्चालाई साइड नलगाउन पनि उनले आग्रह गरे । कार्यपालिकाको बैठकमा लाप्चाहरुको बिषयमा ठोस कार्यक्रम आउनु पर्ने बताउँदै सचिव लाप्चाले गाउँपालिकाको बजेटको केही प्रतिशत लाप्चा समुदायको हितमा लगाउनुपर्नेमा जोड दिए । पुरानो मान्यतालाई आत्मसाथ गर्दै युग अनुसार परिवर्तन हुन सक्नु पर्ने पनि उनले बताए ।

रोङ गाउँपालिकाले लाप्चाहरुको भाषा संस्कार जोगाउन पाठ्यसामग्री बनाउन लागेको जनाएको छ । रोङ गाउँपालिकाका छ वटै वडामा २३४ घरधुरी लाप्चा परिवार बसोबास गर्दछन् । गाउँपालिकाको तथ्याङक अनुसार रोङ गाउँपालिकामा पाँच सय ३७ पुरूष र पाँच सय २३ जना महिला गरी एक हजार ६० जना लाप्चाको जनसंख्या रहेको छ ।

नेपालमा रहेको लाप्चाको जनसंख्याको २८ दशमलब ९० प्रतिशत लाप्चा यही गाउँपालिकामा बसोवास गर्ने गरेको तथ्याङ्क छ । गत आर्थिक बर्षमा रोङ गाउँपालिकालाई गुरुयोजना अनुसारको कार्य गर्नको लागि संघीय सरकारबाट एक करोड ८० लाख रुपैयाँ बजेट प्राप्त भए पनि लक्ष्य अनुसारको काम हुन नसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here