धान किसानलाई राहत

0
453

झापा,

झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ ।

किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ । जसमा ३८ हजार हेक्टर अर्थात् धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको, १४ प्रतिशत अर्धसिँञ्चित र बाँकी ३८ प्रतिशत धानखेती आकाशे वर्षाका भरमा छ ।

विशेष गरेर झापाको उत्तरी क्षेत्रमा गरिने धानखेती आकाशे वर्षाको भरमा रहेको छ । साउनको पहिलो सातासम्म अविरल वर्षा भए पनि जिल्लामा त्यसपछि खडरी लागेको थियो । खडेरीका कारण धानमा कीरा लाग्ने, सुक्ने र झारजङ्गल पलाएर कामै नलाग्ने अवस्थामा पुगेका बेला भएको सामान्य वर्षाले समेत किसानलाई राहत पुगेको उहाँको भनाइ छ ।

आइतबार रातिदेखि झापामा पानी परेको थियो । प्राविधिक पौडेलले यस वर्ष झापामा धान उत्पादनमा कमी आउने बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा किसानले रासायिक मल पनि पाएनन् र लामो समय खडेरी चल्यो, यसले उत्पादनमा पक्कै कमी आउँछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here