सुन्दर सामुदायिकमा खनाल निर्विरोध

0
390

बिर्तामोड।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको अध्यक्षमा गोमेन्द्र महाविद्यालयका सञ्चालक उत्तम खनाल निर्विरोध चयन भएका छन् ।

खनाल सेवा केन्द्रको तेस्रो अधिवेशनबाट निर्विरोध चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा सञ्जीव चापागाँई, रोशन विमली, अमिर लिङ्देन र तारा कार्की, महासचिवमा लक्ष्मी गौतम, सचिवमा रघुनाथ थपलिया, कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता र सहकोषाध्यक्षमा राधा भट्टराई चयन भएका छन् ।

समितिको सदस्यमा लक्ष्मी सापकोटा, टंक सापकोटा, कुलप्रसाद मगर, धु्रव आचार्य, तेजेन्द्र उप्रेती, तेजमणि प्रसाईं, कृति प्रसाईं लगायत छन् ।

विर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा सामुदायिक प्रहरीलाई उत्कृष्ट योगदान पु¥याउने देवी सग्रौला, सोमा न्यौपाने लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here