बिर्तामोड ।

चाडपर्ब नजिकिएसंगै सरकारले सातै प्रदेशमा शुपथ मूल्यमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।
साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडमार्फत सरकारले भदौ २३ गतेबाट देशैभर शुपथ मूल्यमा चिनी र नुनको विक्री बितरण शुरु गरेको हो ।
अहिले झापामा प्रतिकेजी ७२ रुपैयाँमा चिनी र १८ रुपैयाँमा नूनको बिक्री बितरण भइरहेको साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड बिर्तामोड शाखा प्रबन्धक देवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार कात्तिक १७ गतेसम्म साल्ट टे«डिङमा शुपथ मूल्यमा चिनी र नुनको बिक्री बितरण हुन्छ । एक जनाले ६÷६ केजीका दरले चिनी र नुन लान सक्ने कार्यालय प्रमुख भट्टराईले बताए । उनका अनुसार गत वर्ष शुपथ मूल्यको पसलबाट ३२ बोरा चिनी र ८६ बोरा नुन बिक्री भएको थियो ।
सरकारले हरेक वर्ष विजया दशमी, तिहार र छठ पर्वको अवसरमा शुपथ मूल्यमा चिनी र नुनको बिक्री वितरण गर्दै आएको छ ।






























