पाँच महिलाले आपत्तिजनक भिडियो बनाएर उठाए १५ करोड

९ आश्विन २०७६, बिहीबार मा प्रकाशित

झापा।

भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौँ उठाउने पाँच महिला पक्राउ परेका छन् । अनुसन्धानका क्रममा तीबाट अनौठा सूचनाहरु प्राप्त भएको छ ।

तिनलाई पक्रनको लागि प्रहरी र आतंकवाद विरोधी स्क्वाड(एटीएस)को प्रयोग भएको थियो । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फँसाएर तिनको आपत्तिजनक भिडियो बनाएको र ती भिडियो इन्टरनेटमा हाली दिने धम्की दिएर तीबाट १५ करोड भारु उठाएको देखिएको छ ।

तिनले आफूले सिकार बनाएका धनाढ्यबाट ५० लाखदेखि तीन करोड भारुसम्म उठाएको पाइएको छ । पक्राउ परेका महिलाका मोबाइल जाँचमा करिब ९० आपत्तिजनक भिडियो पनि प्राप्त भएको छ । यसमध्ये ३० भिडियोमा आईएएस, आईपीएस अधिकारी र नेताहरुका छन् । प्रहरीले तिनलाई पक्राउ नगरेको भए पनि फोरेन्सीक जाँच सिफारिस गरेको छ ।
यस प्रकरणमा थप पाँच छ जना युवती सामेल रहेको विश्वास गरिएको भए पनि यसका मुख्य व्यक्ति श्वेता जैन विजय र श्वेता जैन स्वम्निल मानिएका छन् ।

ती दुईसँगै बरखा अमित सोनीलाई एक निगम इञ्जिनियरबाट तीन करोड मागेको आरोपमा जेल पठाएको छ । अन्य आरोपीहरु आरती दयाल, छात्रा मोनिका यादव र ड्राइभर ओम प्रकाशलाई सेप्टेम्बर २२ सम्म इन्दौर प्रहरीको हिरासतमा राख्ने अनुमति दिएको छ । यी महिलाको फन्दामा पर्ने धेरैजसो अधिकारीहरु राज्यका इन्दौर र भोपाल क्षेत्रका छन् । ती महिला त्यस क्षेत्रको क्लबमा आउने जाने गर्ने र त्यहीँ आउजाउ नगर्ने सरकारी अधिकारीलाई फसाउने गरेको खुलेको छ ।

प्रदेशका शीर्ष आईएएस अधिकारी र इन्दौर नगर निगमका इञ्जिनियरसँग भएको हनी ट्रयापलाई प्रहरीले एक संगठित अपराध मानेको छ । सरकार र प्रशासनका शीर्ष अधिकारी संलग्न भएका कारण भारतको आतंकवाद विरोधी एजेन्सीले नै यसको अनुसन्धान थालेको थियो । देशका गोप्य सूचना थुत्न आतंकवादीहरु पनि यस्तो कार्यमा प्रयोग हुन सक्ने आशंकामा १५ सदस्यीय एटीएस परिचालन भएको थियो ।

हनी ट्रयापमा संलग्न महिलाहरु लेट नाइट पार्टीका सौखिन छन् । तिनका मोबाइल फोनमा त्यस्तो पार्टीका कयैन भिडियो भेटिएको छ । धेरैजसो पार्टी भोपाल–इन्दौर चार लेन सडकको दायाँबायाँ रहेका रिसोर्ट, होटल वा फार्म हाउसमा हुन्थ्यो । तिनमा आईएएस–आईपीएस अधिकारीलाई पनि बोलाइन्थ्यो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here