अर्जुनधारामा जलवायु परिवर्तन विरोध कार्यक्रम

0
813

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ मा रहेको शनिश्चरे माध्यमिक विद्यालय अन्तर्गत रहेको शनिश्चरे बाल क्लबको आयोजनामा शुक्रबार जलवायु परिवर्तन विरोध कार्यक्रम सम्पन्न भएको छ ।

पृथ्वीको बचाउ अभियानमा आम जनतालाई सुसूचित गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सीएम खनालले बताए ।

पर्यावरणको रक्षाः सबैको सुरक्षा, वातावरण शीतल भएमा सजिलोसँग विद्यालय जान्छौं, जलवायु परिवर्तन रोकौंः पृथ्वी बचाऔं, हाम्रो पृथ्वी हाम्रो भविष्यलगायतका नाराहरु सहितको प्लेकार्ड लिएर कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु, शिक्षकहरुलगायतको सहभागितामा ¥यालीको आयोजना गरिएको थियो ।

विद्यालय परिसरबाट शुरु भएको उक्त ¥याली शनिश्चरे बजार हुँदै नगरपालिकाको मुख्य कार्यालय परिसरमा कोण सभा परिणत भई पुनः विद्यालय परिसर पुगेर सम्पन्न भएको थियो ।

क्लबकी अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका संरक्षक शिक्षक रुद्र खतिवडा, इको क्लबका संरक्षक शिक्षक जीवन धिताललगायतले जलवायु परिवर्तनका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज नेपाल, समितिका सदस्य महेश ढकाल, शिक्षक–अभिभावक संघका अध्यक्ष मोहन पौड्यालीलगायतको आतिथ्यता रहेको थियो । जलवायु परिवर्तन विरोध कार्यक्रम प्रत्येक वर्ष सेप्टेम्बर २० देखि २७ तारीखसम्म विश्वभर सप्ताहव्यापी कार्यक्रमकोरुपमा मनाउने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here