अरनिको सहकारीको सभा

0
840

बिर्तामोड ,
अरनिको बचत तथा ऋण सहकारी संस्थाका बिर्तामोड ७ को १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षता तथा नेफ्स्कुनका केन्द्रीय सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष भानुभक्त खनालले स्वागत गरेका थिए ।

कार्यक्रममा पातालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल, पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणी प्रसाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराई, ज्येष्ठ शेयर सदस्य मतीमाया कार्की, वचतकर्ता नरबहादुर इङ्नाम, क्रमिक वचतकर्ता वालकुमारी मैनाली,असल ऋणी अंशु अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक भानुभक्त खनालले ऋण उपसमितिको प्रतिवेदन, लेखासमितिका संयोजक धरणीधर पोखरेलले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको शेयर सदस्य ९५७ जना , शेयर पूँजी २४ लाख ३२ हजार छ सय रहेको अध्यक्षको वार्षिक प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जगन्नाथ अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here