बालबालिकालाई शैक्षिक सामग्री, उत्कृष्टलाई सम्मान

१२ आश्विन २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–५को १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सदस्य गीता खनालले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, राष्ट्रिय सहकारी वैंकका राजेश थापा, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम खनाल, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामलोचन न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये केशव ढकाल, रुपेश कुमाल, सुष्मा ढकाल, दिपेश नेपाल, श्रेया ढकाल, उत्कृष्ठ बचतकर्ता राजेश चौधरी, क्रमिक बचतकर्ता सक्षम लिम्वू, नयना ढकाल, असल ऋणी झलो राजवंशी, उत्कृष्ठ कर्मचारी दिलकुमारी कार्की लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका सदस्य ओमप्रकाश लुइँटेलले जानकारी दिए ।

सोही कार्यक्रममा संस्थामा बाल बचत गर्ने ३१ जना बाल बचतकर्ताहरुलाई शैक्षिक सामाग्री स्वरुप जनही एक दर्जन कापी प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले संस्थाको आय–व्ययसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालका अनुसार संस्थाको जम्मा शेयर पुँजी एक करोड ९ लाख ६५ हजार पाँच सय रुपैयाँ, बचततर्फ तीन करोड ३० लाख ९५ हजार पाँच सय ५३ रुपैयाँ, कर्जा लगानीतर्फ ४ करोड १९ लाख ६ हजार ३ सय १५ रुपैयाँ रहेको छ ।

त्यस्तै संस्थाले ७२ लाख १४ हजार ७ सय ८७ रुपैयाँ आम्दानी गरेकोमा ६५ लाख ५१ हजार ६ सय ७२ रुपैयाँ खर्च गरेको बताइएको छ । कार्यक्रममा सृजनशील बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक तारा निरौला ढकाल, नेपाल–भारत मैत्री संघका अध्यक्ष मोहन ढकाल, ग्लोबल कृषि सहकारी संस्थाका तोयानाथ दाहाल लगायतको आतिथ्य रहेको थियो ।
संस्थाका लेखा समिति संयोजक गोपालप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन वाचनसहित कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here