मन्टेसरीले मनायो बाल आश्रममा दशैं

0
915

बिर्तामोड।

“मन्टेसरी एशोसिएशन अफ” झापाले बाल आश्रममा दशैं मनाएको छ ।

बिर्तामोड–४ स्थित “तारा नमस्ते बाल आश्रम” मा आश्रमका बालबालिकासँग घटस्थापनाको पावन अवसरमा आइतबार सामूहिक रुपमा दशैं मनाएको हो ।

एशोसिएशनका अध्यक्ष रामकुमार तामाङले टीका लगाइदिएर सुरु गरेको कार्यक्रममा एक नयाँ लुगा समेत वितरण गरिएको थियो । एशोशिएशनका सबै सदस्यले टीका लगाइदिएर बालबालिकालाई आशीर्बाद दिएका अध्यक्ष तामाङले जानकारी दिए ।

असहाय बालबालिकालाई सहयोग गरेर आफूहरुले दशैं मनाएको सचिव अमर सुव्बाले बताए । १३ जना बालबालिका रहेको आश्रममा नयाँ कपडा पाँउ खुशीले दंग परेका थिए ।

आश्रम सञ्चालिका यशोदा चापागाईँ माजले नेपालीहरुको महान पर्व बडा दशैंका अवसरमा अनाथ बालकालिकालाई सहयोग गरेर उनीहरुको अनुहारमा मुस्कान ल्याईदिएको भन्दै खुशी ब्यक्र गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here