आपसी झगडा हुँदा एकको मृत्यु

१२ आश्विन २०७६, आईतवार मा प्रकाशित

गुल्मी, 

कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते हुनुभएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो ।

टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here