लंका रिसोर्टले आन्तरिक पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने

0
913

अर्जुनधारा।

आन्तरिक पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै नजिकिँदै गरेको नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरि झापाको अर्जुनधारा–७मा बुधबारदेखि लंका रिसोर्ट सञ्चालनमा आएको छ ।

युवा व्यवसायीहरु उत्सव ढकाल, गोपाल पोखरेल, मित्र गोम्देन, रोशन प्रसाईं र सुरेश आलेको संयुक्त लगानीबाट सञ्चालनमा आएको उक्त रिसोर्टको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

अनुमानित तीन करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको उक्त रिसोर्टमा पारिवारीक वातावरणसँगै मौलिक खानाका परिकारहरु प्राथमिकतामा रहने सञ्चालक मित्र गोम्देनले बताए । रिसोर्टमा बार, सेमिनार हल, कन्सर्टको लागि आवश्यक स्टेज, आवासका लागि पाँच वटा कोठा, कटेजलगायत रहेको छ ।

थ्री इन वान सेवा अन्तर्गत रेष्टुरेन्ट, विवाह तथा पार्टीलगायतका लागि पार्टी प्यालेस र सेमिनार हलकोरुपमा प्रयोग गर्न रिसोर्ट उपयुक्त हुने अर्का सञ्चालक सुरेश आलेले बताए । प्रत्येक दिन स्थानीय कलाकार र ब्याण्डहरुको प्रस्तुती रहने उक्त रिसोर्टमा महिनाको अन्तिम दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने सञ्चालकमध्येका गोपाल पोखरेलले बताए ।

रिसोर्ट उद्घाटनको पहिलो दिन गायक तथा संगितकार कालिप्रसाद बाँस्कोटासँगै काँकडभिट्टाका वेभ ब्याण्डको र भोली(विहिबार) अतृप्त ब्याण्डको साथमा गायक नविनके भट्टराईको प्रस्तुती रहने बताइएको छ । डेढ विगाहा क्षेत्रफलमा सञ्चालनरत् रिसोर्टमा २६ जनालाई प्रत्यक्ष रोजगारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here