दशैंमा सहाय बन्यो शिखर

0
587

बिर्तामोड।

नेपालीहरुको महान चाड दशैं नेपालीहरुका घर घरमा भित्रिएको छ । दशैंमा नयाँ कपडा लाउने तथा मिठो मसिनो खाने रहर सवैलाई हुन्छ । तर, आर्थिक अभावमा दशैं गरिवहरुका लागि दशा बनिरहेको छ ।

तीनै आर्थिक अभावमा दशैं कसरी मनाउनु भन्ने चिन्तामा रहेका विपन्नहरुको सहाय बनेको छ झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ।

संस्थाले झापा अर्जुनधारा–८को नारायण चोक, विर्तामोड–३को नडियावारी, बिर्तामोड–१०को विराटपोखर र विर्तामोड ७ र ८को गरामनीमा रहेका विपन्न ८७ परिवारलाई दशैको लागि नयाँ कपडा तथा खाद्यान्न, जुत्ताचप्पल, प्लाष्टिकका भाडाकुडा वितरण गरेपछि ती परिवारले हर्षउमंगले दशैं मनाउने भएका हुन् ।

संस्थाले नवौं वार्षिकोत्सवमा विपन्न र सिमान्तकृत समुदायलाई कपडा र खाद्यान्न लगायत प्रदान गर्ने घोषणा गरे अनुरुप कसैले पनि आर्थिक अभावमा चाडपर्व मनाउन नपरोस् भन्ने उद्धेश्यले उक्त कार्यक्रम उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले बताए । ‘दशै आयो खाउला पिउँला’ चाडपर्वमा कसैले फैलाउनु नपरोस् हात, यसपालिको दशंैमा शिखरले दिनेछ तपाईको साथ भन्ने नारासहित उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष राउतले बताए ।

संस्थाले अर्जुनधारामा रहेका सन्थाल वस्तीका ५० घर परिवार विर्तामोड–३ नडियावारीका ९ परिवार बिर्तामोड–१० विराटपोखरका ९ परिवार र विर्तामोड ७ र ८ गरामनीका १९ परिवार गरी ८७ परिवारलाई रु. २ लाख मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, जुत्ताचप्पल, प्लाष्टिकका भाँडाकुडा , जाडोमा लगाउने न्यानो कपडा बच्चाहरुका लागि कपडा वितरण गरेको संस्थाका अध्यक्ष राउतले बताए । कार्यक्रमका संयोजकका रुपमा किरण पौडेल र किरण थापा रहेका थिए । उक्त लत्ताकपडा, खाद्यान्न पाएपछि विपन्न परिवारले खुशी व्यक्त गरेका थिए ।

२०६७ साल असोज २२ गतेदेखि कारोवार शुरु गरेको शिखर बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिकोत्सवमा वडा दशै परेकोले गर्दा असोज महिनाभरि विभिन्न गतिविधी गर्दै नवौं वार्षिकोत्सव मनाउने संस्थाका व्यवस्थापक लिलानाथ रेग्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here