ह्वीलचियर वितरण

0
729

काठमाडौँ,

शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ ।

स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण गरिएको ह्वीलचियर ३० जनालाई वितरण गरिएको हो । रिपब्लिक अफ सान मारिनो सरकारको रु छ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ह्वीलचियर सान मारिनोका पूर्वराष्ट्रप्रमुख मिर्को तोमा सोनीले हिजो वितरण गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रप्रमुख सोनीले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । “म आफुँ अशक्त भएकाले अशक्तहरुको पीडा मैले बुझेको छु, त्यसैले मजस्ता अरु व्यक्तिको सहयोग गर्न पाउँदा मलाई आनन्द आउँछ,”–उहाँले भन्नुभयो ।

आगामी दिनमा पनि सहयोग गर्ने उहाँको भनाई थियो । बालाजु स्कूल अफ इन्जिनीयरीङ एण्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मल न्यौपानेले बालाजु कलेजले विभिन्न सङ्घ संस्थाको सहयोगमा सामाग्री उत्पादन गरी सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

स्वाबलम्बन जीवन पद्दती केन्द्रका अध्यक्ष गणेश केसीले केन्द्रले विस २०६३ देखि ह्वीलचियर निर्माण गरि शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । केन्द्रले हालसम्म २०० भन्दा बढी व्यक्तिलाई ह्वीलचियर प्रदान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here