करेन्ट लागेर श्रीमानको मृत्यु श्रीमती घाईते

0
433

झापा। 

झापाको कमलगाउँपालिका–३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् ।

शुक्रबार राती पौने ८ बजेको समयमा ६१ वर्षीय बिष्णुप्रसाद चौलागाई र उनकी श्रीमती बर्ष ६१वर्षीया पम्फादेबी चौलागाईलाई आफ्नै नयाँघरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागी लाईफलाईन अस्पताल दमक लगिएकोमा श्रीमानको बाटैमा मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here