विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाहीमा

0
416
तुलसीपुर,

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ ।

गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी रु चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो ।विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले दैनिक विशेष र छडके अनुगमन टोली खटाउँदै आएको छ ।

“चुहावट बढी भएको क्षेत्र हेरी दैनिक दुई टोली अनुगमनका लागि पठाएका छौं”, उहाँले भन्नुभयो, “विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेका छौं ।” चोरीमा संलग्न आफैं आएर आवश्यक जरिवाना तिर्ने गरेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ३० दशमलव ८६ प्रतिशत विद्युत् चुहावट रहेको थियो भने गत आर्थिक वर्षमा २१ दशमलव ६८ प्रतिशतमा चुहावट नियन्त्रण गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १९ दशमलव ३० प्रतिशत प्रगति गर्न सफल भएको केन्द्रका प्रमुख प्रमुख चौधरीले बताउनुभयो ।उहाँका अनुसार, बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ ।

गत वर्ष गोलटाकुरी, फूलबारी र कचिलामा सबैभन्दा बढी विद्युत् चुहावट भएको थियो ।स्थानीयवासीले विद्युत् पोलबाटै हुकिङ गरी लैजाने गरेको प्रमुख चौधरीले बताउनुभयो । घरमा मिटर नै जडान नगर्ने तर विद्युत् चोरी गरी चलाउने गरेको भन्दै त्यस्ता उपभोक्तालाई कारवाही गर्न थालिएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here