बिर्तामोड ।

जन्मदिन सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्दै झापाका एक सञ्चारकर्मी र इलामकी एक शिक्षिकाले आफ्नो जन्मदिनमा सामाजिक सेवाको काम गरेर समाजमा उदाहरणीय कार्य गरेका छन् ।
झापाको बुद्धशान्ति गाँउपालिका घरभएका सञ्चारकर्मी रोसन भट्टराई र इलाम फिक्कल घर भएकी शिक्षिका तनिसा मगरले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार बिर्तामोड स्थित तारा नमस्ते बाल आश्रमका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

उनीहरु दुई जनाको एकैदिन जन्मदिन परेकोले जन्मदिनमा केक काटेर पार्टी भोज नै गर्नुपर्छ भन्ने मान्यतालाई गलत सावित गर्दै जन्मदिनमा पनि समाजमा रहेका असाहय तथा विभिन्न बाल आश्रममा रहेका बालकालिका तथा वृद्धवृद्धालाई सानो सहयोग गरेर जन्मदिन मनाउन सबैलाई प्रेरणा मिलोस् भनेर आफूले बालआश्रमका बालबालिकासंग जन्मदिन मनाएको भट्टराईले जानकारी दिए ।
१३ जना बालबालिका रहेको आश्रममा भट्टराईले उनीहरुको शैक्षिक उन्नतिको कामना गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । आश्रमको तर्फबाट बोल्दै त्यहाँका एक जना बहिनीले जन्मदिनमा दाजु दिदिले हाम्रो लागि केही गरेको भन्दै हामी सबै बालबालिकाले वहाँहरुको दिर्घायुको कामना गरेको बताइएको छ ।































